धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

रोटा भाइरस बिरुद्ध खोप अभियान शुरु

रोटा भाइरस बिरुद्ध खोप अभियान शुरु

 

धनगढी

   बालबालिकालाई झाडापखाला गराउने रोटा भाइरस बिरुद्ध खोप अभियान शुरु भएको छ । बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

  सुदूरपश्चिम प्रदेश सरकारले युनिसेफको सहयोगमा प्रदेशका १ हजार ८ सय खोप केन्द्रबाट हरेक बर्ष ६२ हजार बालबालिकालाई रोटा भाइरस बिरुद्ध खोप दिने प्रदेशका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिए ।

  यो बालबालिकालाई दिइन लागेको १२ औं खोप हो । यसअघि बिभिन्न रोगसंग लड्न बालिबालिकाहरुलाई ११ वटा खोपहरु दिइदै आइएको  छ । बिसिजी, पोलियो, दादुरा, रुबेला, हेपाटाइटिस बी, जापनिज इन्सेफ्लाइटिस लगायतका ११ खोप रहेकोमा अबदेखि १२ खोप थपिएको हो ।