धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

धनगढीका नगरप्रमुख हमालले गरेनन् राष्ट्रियसमा मतदान

धनगढीका नगरप्रमुख हमालले गरेनन् राष्ट्रियसमा मतदान

धनगढी धनगढी उप महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले राष्ट्रिय सभाको निर्वाचनमा कसैलाई पनि मतदान गरेका छैनन् सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्य सबै ५२ जनाले मतदान गरेका छन् स्थानीय तहका प्रमुख उपप्रमुख गरी १७५ जनामध्ये १७३ जनाले मतदान गरेका छन्

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भजनी नगरपालिकाका उपमेयर राजु तिरूवाले मतदान नगरेका हुन् मेयर हमाल स्वतन्त्र उम्मेदवारका रुपमा मेयर निर्वाचित भएका थिए तिरूवा भने नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए उनी बिरामी भएका कारण मतदानमा सहभागी नभएको उनको पार्टीले जनाएको