धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कृषि र पर्यटनमा लगानी गर्न एनआरएनसंग आग्रह

कृषि र पर्यटनमा लगानी गर्न एनआरएनसंग आग्रह

धनगढी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली संघ -एनआरएनए_ लाई कृषि पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्

आवासीय नेपाली संघ एनआरएनए का प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री शाहीले सो आग्रह गरेका हुन् सुदूरपश्चिमको जीवनस्तर सुधार्न जरुरी रहेको बताउँदै एनआरएनएको सहयोग जरुरी रहेको मन्त्री शाहीको भनाइ हाम्रो प्रदेशमा खानेपानी जैतुनको तेल उत्पादनमा लगानी गरेर पनि आम्दानी बढाउन सक्ने सम्भावना भएकाले त्यसतर्फ सोच्न पनि मन्त्री शाहीले आग्रह गरे

यहाँको पानी दिल्ली लखनउजस्ता भारतका ठूला शहरमा पुगाउन सकिन्छ उनले भने, ‘जैतुनको तेल विश्वभरी लैजान सकिन्छ मन्त्री शाहीले विस्तारै नेपालका राजनीतिकर्मी कर्मचारीको सोचमा परिवर्तन भइरहेकाले एनआरएनएले लगानी गर्ने वातावरण बन्ने दावी गरे उनले जनतालाई आशा जगाउन, सकरात्मक सन्देश दिन सरकार एनआरएनएले समेत नयाँ ढंगले सोचेर अघि बढ्नुपर्ने बताए