धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदुरपश्चिम सरकार, नगरपालिका संघ र गाउपालिका महासँघबीच समझदारी

सुदुरपश्चिम सरकार, नगरपालिका संघ र गाउपालिका महासँघबीच समझदारी

धनगढी ।  सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटी र “गाउपालिका राष्टिय महासँघ र नेपाल नगरपालिका संघबीच स्थानीय तहहरुको क्षमता बिकासका कार्र्यक्रम कार्यान्वयनको समन्वय एवम सहजीकरणको लागि समझदारी भएको छ ।

 स्थानीय तहहरुको क्षमता अभिबृद्धिका लागि सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीले शुक्रवार धनगढीमा अयोजना गरेको स्थानीय तहहरुको क्षमता अभिबृद्धिका लागि नेपाल नगरपालिका संघ तथा गाउपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबीच “समन्वयात्मक बैठकमा समभदारीमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, गाउपालिका राष्ट्रिय महासंघ सुदुरपश्चिम  समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाही र नगरपालिका सँघका सुदुरपश्चिम अध्यक्ष बीरेन्द्र भट्टले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रको अवधि दुई आर्थिक बर्ष ( आर्थिक बर्ष २०८०।८१ देखि २०८१।८२ ) रहेको छ । कार्यक्रमको उपलव्धि, नतिजा तथा कार्य प्रभावकारिताको आधारमा आर्थिक बर्षलाई आधार बनाई दुवै पक्षको सहमतिमा समmदारी पत्र नवीकरण गर्न सकिनेछ ।

 स्थानीय तहको कानुन निर्माण र समीक्षा, क्षमता बिकास तथा योजना तर्जुमा लगायतका लक्ष्य तथा उदेश्य पुरा गर्न गाउपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ मार्फत स्थानीय तहहरुमा सहकार्य, समन्वय र कार्यान्वयन हुने व्यवस्था गर्नु यस समझदारीको मुख्य बिषय रहेको छ” समझदारी पत्रमा भनिएको छ ।

 समझदारी पत्रमा सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश तथा स्थानीय सरकारसँग सम्वन्धित नीति, योजना तथा कार्यक्रम निर्माण प्रकृयामा आवश्यकता अनुसार नगरपालिका सँघ र  गाउपालिका महासँघसँग समन्वय, सहकार्य र आवश्यक राय सल्ल्लाह लिनेसंघ र प्रदेश सरकारका समग्र नीति, योजना लगायत स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको क्षमता बिकासका कार्यक्रम सँचालन गर्न आवश्यक बजेट व्यवस्था गर्ने उल्लेख छ ।

स्थानीय तह क्षमता बिकास लगायत सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट कार्यान्वयन हुने कार्यक्रमहरु जानकारीका लागि उपलव्ध गराउने, प्रदेश र  स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीको क्षमता बिकास कार्य गर्दा समन्वयात्मक रुपमा गर्नेप्रदेश तथा स्थानीय तहको क्षमता बिकास  र संस्थागत सुधारका लागि म्याचिङ तथा साझेदारीमा बार्षिक कार्यक्रम बनाउन सहजीकरण गर्ने समझदारी पत्रमा उल्लेख छ ।

नगरपालिका संघ र गाउपालिका महासंघले बार्षिक योजना तर्जुमामा प्रदेश सरकारसँग  बसेर योजना तर्जुमा समीक्षा एवम कानुन निर्माणमा समय तालिका निर्धारण गरि कार्यान्वयनमा सहजीकरण गर्ने, स्थानीय तहमा क्षमता बिकासका कार्यक्रम कायान्वयन तथा नियमित प्रगति प्रतिवेदन संघीय सरकार लगायत सम्वन्धित निकायमा पठाउन स्थानीय तहसँग सहजीकरण गर्ने समझदारी पत्रमा उल्लेख छ ।