धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

जातीय विभेद बिरुद्ध बनेका ऐन कार्यान्वयनमा जोड

जातीय विभेद बिरुद्ध बनेका ऐन कार्यान्वयनमा जोड

धनगढी जातीय विभेद विरुद्ध प्रयाप्त ऐन, कानून कनेपनि कार्यान्वयन पक्ष फितालो रहेको भन्दै सरोकारवालाहरुले विभेद विरुद्ध बनेका ऐन, कानूको कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्

आइतबार एफ.जे.एसको सहयोगमा दलित मसिहला संघ -फेडो_ले गौरिगंगा नगरपालिकामा आयोजना गरेको दलित महिला सीमान्तकृत समुदायका विषयक कार्यक्रममा सहभागि सरोकारवाला निकायले एने कायून प्रयाप्त वनेपनि कार्यान्वयन पक्ष फितलो हुँदा दलित समुदायका अधिकार मिचिएको निष्कर्ष निकालेका हुन्

गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेलले दलित समुदायका नीति तथा कार्यक्रम बजेटलाई प्राथमिकतामा राखिएको बताए दलित समुदायको उत्थानका लागी विशेष प्याकेज नै सञ्चालनमा रहेको बताउँदै नगर प्रमुख कँडेलले जातीय छुवाछुत पनि निर्मूल हुँदै गइरहेको दाबी गरे

सरोकारवालाहरूले दलित समुदाय सशक्तीकरणका कार्यक्रममा जोड दिन पनि नगरपालिकाका जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन् त्यसैगरी गौरीगङ्गा नगरपालिका की वडाध्यक्ष करुणा चौधरीले जनचेतनामूलक कार्यक्रममाहरुलाई कोठामा सीमित नराखी बस्ती बस्तीमा गरिनु पर्नेमा जोड दिइन् दलित समुदायका उत्थानका लागी हुने कार्यक्रमहरूमा छुवाछुत गर्ने समुदायका व्यक्तिहरूलाई पनि समावेश गरिनु पर्नेमा उनको जोड थियो

दलित महिला सङ्घ फेडोले कार्यक्रममा हाल सम्मका गरिएका गतिविधि, देखिएका चुनौती, मुख्य उपलब्धि समेटेर तयार पारिएको कार्यपत्र कार्यक्रममा प्रस्तुत गरिएको थियो फेडो कैलाली संयोजक विनोद घिमिरेले दलित महिलालाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउन विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए