धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

नक्कली ठेली छापेको भन्दै किटानी परेपछि अदालतबाट पक्राउ पुर्जी जारी

नक्कली ठेली छापेको भन्दै किटानी परेपछि अदालतबाट पक्राउ पुर्जी जारी

धनगढी अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गरिएको नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले प्रहरीमा किटानी जाहेरी दिएको हो

संघले अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी दिएको थियो । संघका पदाधिकारीको जाहेरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको बताए उनले दुवै जनालाई पक्राउ गर्न प्रहरीले खोजिरहेको बताए अत्तरियामा पुस २६ गतेदेखि माघ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको


ट्रेन्डिङ