धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मालपोत र नापी कार्यालयको विद्युतलाई कटौति

मालपोत र नापी कार्यालयको विद्युतलाई कटौति

धनगढी नेपाल विद्युत प्राधिकरणले धनगढी स्थित मालपोत कार्यालय नापी कार्यलयको विद्युतलाईन कटौति गरेको

पटकपटक ताकेता गर्दा समेत विद्युत महश्ल नतिरेपछि लाईन कटौति गरेको नेपाल विद्युत प्राधिकरण वितरण शाखा धनगढीले जनाएको लामो समय सम्म विद्युत महशुल नबुझाएका ग्राहको लाईन कटौति गर्ने सूचिमा मालपोत कार्यालय नापी कार्यालय समेत परेको प्राधिकरणले जनाएको

विद्युत प्राधिकरणले धनगढी अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको एक करोड ५३ लाख ४९ हजार ३६५ बक्यौता रहेको नेपाल वितरण प्राधिकरण वितरण शाखा धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका बताए उनका अनुसार प्राधिकरणले विद्युत लाईन कटौ ितगर्ने अभियान थालेपछि एक सय ८० ग्राहकले महशुल बुझाइ सकेका छन् एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार चार सय ९१ रुपैयाँ विद्युत महशुलबापतको रकम असुली भएको उनले जानकारी दिए धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको

बिद्युतले लाईन काटेपछि सोमबार तिनै कार्यालय पुगेका सेवाग्राहीका काम समेत अबरुद्ध भएको उक्त कार्यालयको बिद्युत अबरुद्ध भएपछि सेवाग्राहीहरुको काम समेत अबरुद्ध भएको थियो।उता नापी कार्यालयका सुचना अधिकारी दीर्घराज पाण्डे बिद्युतले जानकारी विनानै लाईन काटेको बताएका छन्