धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

नक्कली टिकट प्रकरणमा मुछिएपछि मेयर भट्टका स्वकीय सचिव  निलम्बनमा

नक्कली टिकट प्रकरणमा मुछिएपछि मेयर भट्टका स्वकीय सचिव  निलम्बनमा

धनगढी अत्तरिाया उद्योग वाािण्ज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणमा मुछिएपछि गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका स्वकीय सचिव दिपिनकुमार साउँदलाई पदबाट निलम्बन गरिएको अत्तरियामा लागेको महोत्सवमा नक्कली टिकट हिनामिनाको आरोप लागेपछि उनलाई पदबाट निलम्बन गरिएको हो

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउँद महोत्सवको नक्कली टिकटको छानबिनका लागि अहिले जिल्ला प्रहरीमा छन् छानबिनमा समस्या नहोस भनेर तत्कालका लागि उनलाई निलम्बन गरिएको नेपाली काँग्रेस कैलालीका प्रवक्ता प्रेमराज भट्टले बताए अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा छन्

पुस २६ गतेदेखि सुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो जिल्ला प्रहरी कार्यालय कैलालीमा महासचिव शंकर बोहरासहितका जनाका विरुद्ध उजुरी गरिएको थियो