धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन

सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको लोगो लोगो संशोधन गरेको पुरानो लोगोमा नेपालको नक्सा नभएको राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएको भनदै शुक्रबार बसेको प्रदेश सभा बैठकमा सर्वसम्मतरुपमा प्रदेश सभाको लोगो परिवर्तन गरिएको हो

लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको प्रतिवेदन पारित भएकाले सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण भएको घोषणा गरे साथै, लोगो संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि अन्य कार्य अगाडि बढाउन उनले प्रदेश सभा सचिवालयलाई निर्देशन दिए

समितिको प्रतिवेदनमाथि शुक्रबारनै सदनमा छलफल गरिएको थियो प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह ओली, चक्रबहादुर मल्ल टीका थापाले भाग लिए समितिका संयोजक पदमबहादुर शाहीले प्रदेश सभाबाट प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गरेका थिए