धनगढी पोष्ट
सोमबार, २२ माघ २०८० मा प्रकाशित
धनगढी । कैलालीको गौरिगंगा नगरपालिका स्थित एक विद्यालयमा विद्यार्थी समुह विच कुटाकुट भएको छ । कुटाकुटमा दुवै समुहबाट केही विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दका अनुसार गौरीगङ्गा नगरपालिका १ गोप्का स्थित पशुपति माविमा अध्ययनरत विद्यार्थी समुहविच कुटाकुट भएको हो । कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको चन्दले बताए । घटनाको थप अनुसन्धान जारी रहेको उनले बताए ।