धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

भीमदत्त राजमार्गको विकल्प ठानिएको सडक लथालिङ्ग

भीमदत्त राजमार्गको विकल्प ठानिएको सडक लथालिङ्ग

धनगढी भदौ महिनामा कैलालीको गोदावरी नगरपालिका स्थित बुढीतोलमा भीमदत्त राजमार्ग भाँसीदा एक सातासम्म राजमार्गनै ठप्प बन्यो

जसका कारण सुदूरपश्चिमका वटा जिल्लाका नागरिकले अत्यावश्यक सेवा पाउन समेत सकस भएको थियो भीमदत्त राजमार्गको विकल्पमा हाल सम्म सुदूरपश्चिमका पहाडी जिल्ला जोडेन् बैकल्पिक मार्ग निर्माण हुन नसक्दा नागरिकले सो समस्या भोग्नु परेको थियो

सोही राजमार्गको विकल्पमा निर्माण भइरहेको चौकिडाँडाफल्टुडे सडक निर्माण कार्यभने अलपत्र परेको सडक जिरो पोइन्ट देखि मालाखेती सेतो पुल सम्म निर्माण सुरु भएको मात्रै तीन बर्ष वितेको २०७७ साउन २० गते एक बर्ष भित्र निर्माण सम्पन्न गरिसक्निे गरी कालिका कन्ट्रक्सनसंग सम्झौत भएको थियो

एडीबीको ऋण सहयोगमा गोदावरीमा निर्माण गरिने वटा सडकमा चौकीडाँडाफल्टुडे सडकको जिरो पोइन्ट निर्माण गरिने भनिएपनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन सडक निर्माणका लागि पटक म्याद थपिसकिएको

सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एड्भेन्चर, थेगिङ, सनलाइट जेभी सँग ठेक्का सम्झौता गरको थियो गोदावरीको वडा नम्बर १० को कार्यालय सम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएपनि सो सडक पनि लथालिङ्ग करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटकपटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पुरा गर्न सकेका छैनन्

दुई योजना लथालिङ्ग हुँदै गर्दा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न वडा नम्बर १० को कार्यालय देखि बान्द्रेखाल सम्म किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएपनि सो सडक पनि निर्माण अवधिमा सकिने छाँटछाँट छैन

उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवा सँग करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो निर्माण कम्पनीका सञ्चालक दिल बहादुर ओलीले जेठ सम्म कालोपत्रे सक्ने दावी गरेका छन यद्दपी हाल सडकको ४० प्रतिशत पनि काम सकिएको छैन

चौकीडाँडाफल्टुडे सडकका तिन वटा योजनाले गति लिन नसक्दा हाल संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट थप सय मिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको बान्द्रेखाल देखि गौडी सम्मको सडक निर्माणको काम भने सन्तोषजनक रहेको वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले बताए उनले जिरो पोइन्ट देखि बान्द्रखाल सम्मका योजना भने लथालिङ्ग रहेको भएपनि बान्द्रेखाल देखि गौडी सम्मको सडकको काम भने सन्तोषजनक रहेको बताए

चौकीडाँडा फल्टुडे सडक ठेकेदारका कारण अलपत्र जिरो पोइन्ट देखि मालाखेती सेतो पुल सम्म क्षेत्रिय सहरी विकास कार्यालय मार्फत निर्माण भइरहेको २२ सय मिटर सडक लथालिङ्ग अवस्थामा उनले भनेत्यो माथि निर्माण गरिरहेको थिगिङ्को काम पनि अलपत्र ठेकेदार लापत्ता पटकपटक पूर्वाधार कार्यालयमा झकझक्याउँदा पनि काम गरिएको छैन

चौकीडाँडा फल्टुडे सडकमा चार वटा योजनाको काम नसकिएपनि थप गौडी भन्दा माथि संघीय सरकारको सहरी विकास मन्त्रालयबाट किलोमिटर सडक कालोपत्रेका लागि प्रक्रिया अगाडि बढेको उनले बताए

गोदावरीको वडा नम्बर ११ का अध्यक्ष प्रेम सिह बडैलाले सडक नबन्दा ओलानी क्षेत्रका जनताले निकै सास्ती खेप्नु परेको बताए यस क्षेत्रका मान्छे नभएर हो की नेता नै नभएर हो भन्ने पनि महसुस हुन्छ तर, हामी कति लागेका छौ त्यो हामीलाई थाहा यहाँका मान्छेलाई हेपेर हो की, हामी मानिस नै कमजोर भएर हो बस्ती नै कमजोर भएर हो योजना आएका सडक पनि वर्षौ देखि कालोपत्रे भएका छैनन उनले भनेयहाँ ठेकेदारको चरम लापरवाहीका कारण समस्या भएको