धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिम प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिन  रुलिङ

सुदूरपश्चिम प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिन  रुलिङ

धनगढी सुदूरपश्चिम प्रदेश सभामा उठेका प्रश्नको जवाफ नपाइने गरेको भन्दै प्रदेश सभा सदस्यहरुले लगातार आवाज उठाउन थालेपछि सभामुख भीमबहादुर भण्डारीले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन्

सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको तेश्रो अधिवेसनको छैटौं बैठकमा शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य बिरबहादुर  थापाले सदनमा उठेका प्रश्नको जवाफका लागि सरकारलाई रुलिङ गर्न सभामुखसंग माग गरेका थिए

सोही अनुसार सभामुख भण्डारीले प्रदेश सभा नियमावली २०७४ को नियम ५७ को उपनियम बमोजिम सभामा उठेका प्रश्नको दिन भित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्  

सोमबार बसेको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य धर्मराज पाठकले नीति कार्यक्रमलाई टेकेर ल्याइएको बजेट कार्यान्वयन गर्दा पुनः निती कार्यक्रम पल्टाएर हेर्न सुझाव दिएका थिए उनले नीति एकातिर सरकारका गतिबिधि अर्को तर्फ सञ्चालन भइरहेका बताए जनतासामु सरकार भन्ने आधार के भन्दै उनले प्रश्न गरे

उनले विचौलिया कमिसनका आधारमा अनुदानका कार्यक्रम सञ्चालन हुन थालेका बताए प्रदेशको नयाँ प्रादेशिक अस्पताल मन्त्रीका नाममा भएका घोषणा खै? भन्दै उनले प्रश्न गरेका छन् प्रदेश सभामा प्रश्न उठेपनि त्यसको जवाफ नआउने गरेको भन्दै उनले आक्रोस पाखेका थिए उनले प्रदेश सरकारको निकम्मापनका कारण बजेट कार्यान्वयन न्यून भएको बताए

प्रदेश सभा सदस्य घनश्याम चौधरीले बाढी पहिरोमा परेका नागरिकको समस्यामा सरकारले कुनै पहल गरेको छैन भन्दै सरकारको ध्यानाकर्षण गराए उनले कैलाली कञ्चनपुरमा अन्नको भण्डारण मानिने भएपनि कृषि उत्पादनमा कुनै उपलब्धी नभएको उनले बताए

उनले सरकोको बजेट कार्यान्वयन न्यून भएको भन्दै आक्रोस पोख्दै भएको बजेट पनि धनगढीमा मात्रै किन बजेट केन्द्रित भयो ? भन्दै प्रश्न गरेका थिए

त्यसैगरी प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले प्रदेश सरकारका कारण जनतामा जान लाज लाग्न थालेको बताए उनले सरकार भएको अनुभुति सरकारले दिन नसकेको बताए जनता त्रिपाल मुनि सरकार एसीमा रमाएको उनको आरोप उनले श्रोतको शुनिश्चितता नभइकनै प्रदेश सरकारले योजनामा ठेक्का लगाउन थालेको आरोप समेत लगाए

उनले संघिय सरकारका योजना पनि सरकारका कारण अलपत्र परेका संघिय सरकारले छोडेका अधुरा योजनामा स्वामित्व लग्न नसकेको बताए उनले प्रदेश विपद व्यवस्थापन कोषमा २२२३ करोड बजेट भएपनि भुकम्पपपिडितले राहत नपाउनुको कारण माग गरे

प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले प्रदेश स्वास्थय आपूर्ति केन्द्र नामक कार्यालयले स्वास्थय सामग्री आपूर्ति गर्दा फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद गर्दा घुमाईफेराई एउटा मात्रै फमको ठेक्का पर्नेगरी नीतिगत भ्रष्टाचार गरिएको उनले बताए उनले सामाजिक विकास समितिमा उजुरी पर्दापर्दै कार्यालयले ठेकेदार गर्न सम्झौता गरेको भन्दै आपक्ति जनाए

तर अस्पतालमा बुझ्दा फोहोर व्यवस्थापन मेसिन आवश्यकनै नभएको जबरजस्ती माग गर्न पठाइएको भन्ने जवाफ आएको , उनले भने, ‘दुई करोडमा आउने मेसिन करोडमा खरिद गर्न खोजिएको रहेछ, यसमा घोटाला भएको , त्यसको छानविन हुनु पर्दछ

प्रदेश सभा सदस्य बिरबहादुर थापाले सरकार कहाँछ भनेर खोज्नुपर्ने अवस्था आएको बताए धेरै पटक जवाफ मागिएपनि त्यसको उत्तर नआउने गरेको भन्दै सभामुख मार्फत सम्बन्धित निकायलाई उत्तरदिन रुलिङ गर्ने व्यवस्था गर्न माग गरेका छन्

वर्तमान सरकार सीमित मन्त्रीका क्षेत्रका लागि मात्रै भएको जस्तो अनुभुति भएको भन्दै उनले यो सरकार सवैको सरकार हुन नसकेको बताए

प्रदेश सभा सदस्य मधु भारतीले विपिन जोशीको अवस्था के पत्ता लगाउन प्रदेश सरकारलाई पहलका लागि अपिल गरिन् उनले विपिन जोशीको यथार्थता बाहिर ल्याउन पनि अपिल गरिन् त्यसैगरी प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा थापाले शुसासन कायम गर्न भ्रष्ट्राचार नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै सरकार स्थापना हुँदा बलेका बचन सम्झन अपिल गरिन् उनले चुरेमा व्यापक दोहोन हुँदा प्राकृतिक सन्तुलनमा असन्तुलन आउने खतरा बढेको भन्दै त्यसलाई रोक्न आग्रह गरिन्

शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य सुरेन्द्र पालले सरकार गफाडी मात्र भएको आरोप लगाएका छन् शुसासन, पारदर्शिता विश्वसनियताको आरधार सरकारले गुमाएको उनले बताए सरकारको एक बर्ष वितिसक्दा प्रदेश सभामा बिविनेस समेत दिन नसकेको भन्दै उनले जनतासंगको दुरी सरकारले पूर्ण रुपवमा गुमाएको बताए