धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अबैध उत्खनन् गरेको भन्दै नियन्त्रणमा लगिएका सवारीमाथी भएन कारवाही

अबैध उत्खनन् गरेको भन्दै नियन्त्रणमा लगिएका सवारीमाथी भएन कारवाही

धनगढी। कैलालीको गोदावरी नगरपालीकाका बिभिन्न नदीहरूबाट अवैध उत्खननका क्रममा नियन्त्रणमा लिइएका १९ सवारी साधनमाथी कारवाही प्रक्रिया अघि बढ्न सकेको छैन्

माघ २१ गते कैलालीको गोदावरी,खुटीया खैराना नदीहरूबाट नियन्त्रणमा लिइएका १९ वटा सवारी साधन प्रहरी नियन्त्रण भएपनि कारवाही प्रक्रिया भने अगाडि नबढेको हो। नदीजन्य पदार्थको अवैध उत्खनन भैरहेको ब्यापक गुनासोपछि जिल्ला समन्वय समितिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान, बन आन्तरिक राजश्वका प्रमुख सदस्य रहेको समितिले उक्त ढुवानीका सवारी साधनहरु कब्जामा लिएको हो।

नदीबाट मापदण्ड विपरीत ढुङ्गा, गिट्टी बालुवा उत्खननमा प्रयोग भएका १० वटा टिपर, वटा एक्स्काभेटर, जेसिबी, वटा ट्याक्टर रहेका छन। नियन्त्रणमा लिएका ति सवारीलाई जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको को तर कार्वाही प्रक्रिया अघि बढेको छैन्। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले ति सवारी साधनलाई कस्तो कारवाही गर्ने भन्ने बारे कुनै निर्देशन नआएको के कारवाही गर्ने भन्ने बारेमा माथिको निर्देशनको पर्खाइमा रहेको बताए।

जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति (जिसस) का कार्यवाहक प्रमुख खगराज भुषालले कानुन अनुसार कारवाही हुने भन्दै छलफलमै रहेको बताए उनले मापदण्ड विपरित काम गर्नेलाई प्रदेशको कानुन अनुसार कारवाही जानकारी दिए। अनुगमनका क्रममा नदीहरूमा मापदण्ड भन्दा बढी गहिरो खनेर उत्खनन गरिएको, नदीमै घाटगद्दी गरिएको पाइएकोले अहीले उक्त काम रोकिएको बताए

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा नदीजन्य पदार्थ संकलन गरेर घाटगद्दी गर्दा संकलन स्थलबाट न्यूनतम सय मिटर दुरी कायम गर्नुपर्ने उल्लेख त्यसो नगरिएर बिक्री मूल्यको दोब्बर रकम असुर गरिने उल्लेख छ। यस्तै कार्यविधिमा नदीजन्य पदार्थको उत्खनन, संङ्कलन, भण्डारण प्रशोधनको कार्य गर्ने उद्योगका लागि स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनका शर्त उल्लङ्घन गर्न नहुने उल्लेख छ। निषेधित कार्य गरेको पाइएमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम दण्डनीय हुने उल्लेख छ।