धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कैलाली जिल्ला धान र गहुको बीउ उत्पादनमा आत्मनिर्भर छ : शर्मा

“तपाईहरु (बीउ व्यवसायी) ले दिएको तथ्यांक हेर्ने हो भने कैलालीमा आवश्यकता भन्दा बढी धान र गहुको बीउ उत्पादन भैरहेको छ ।” शर्माले भने “कैलालीमा पुगेर अरु जिल्लामा पनि बीउ गइरहेको छ ।”

कैलाली जिल्ला धान र गहुको बीउ उत्पादनमा आत्मनिर्भर छ : शर्मा

धनगढी । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माले कैलाली जिल्ला धान  र गहुको बीउ उत्पादनमा आत्मनिर्भर बनेको बताएका छन् । जिल्लालाई आवश्यक पर्ने  भन्दा बढी बीउ  कैलालीमा उत्पादन भैरहेको शर्माले बताएका छन् ।

कृषि क्षेत्रमा लागेका हामी  सबैका लागि एउटा गर्बको कुरा छ ।”  बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति कैलालीको  नवौ साधारमा सभामा  शुक्रवार कृषि ज्ञान केन्द्र प्रमुख शर्माले भने “कैलाली   र कन्चनपुर धान र गहुको बीउ उत्पादनमा आत्मनिर्भर छ ।”

कैलालीमा ७० हजार कृषियोग्य क्षेत्र रहेको मान्दा त्यसका लागि आवश्यक भन्दा बढी बीउ कैलालीमा  उत्पादन भैरहेको  शर्माले बताए । “तपाईहरु (बीउ व्यवसायी) ले दिएको तथ्यांक हेर्ने हो भने कैलालीमा आवश्यकता भन्दा बढी धान र गहुको बीउ उत्पादन भैरहेको छ ।” शर्माले भने “कैलालीमा पुगेर अरु जिल्लामा पनि बीउ गइरहेको छ ।”

८० प्रतिशत नेपाली कृषिमा संलग्न रहेको तथ्यांक रहेको उल्लेख गर्दै शर्माले सबैले कृषिमा नै लाग्न भने आवश्यक नरहेको बताए । “कृषि नै सबैले गर्नु पर्छ भन्ने छैन ।  झन बीउको त गर्नु पर्छ भन्ने नै भएन ।  अरु पेशा पनि रोज्नु पर्छ ।” शर्माले भने “तर जति कृषिमा लाग्छौ, गम्भीर भएर लाग्नु पर्छ ।  क देखि ज्ञ सम्म बुझेर लाग्नु पर्छ ।”

अहिले बीउ उत्पादनमा नै लाग्न खोज्नेको संख्या बढी देखिरहेको बताउँदै शर्माले आवश्यकता र औचित्यका आधारमाबिक्री हुन्छ कि हुन्न भन्ने बुझेर मात्र लाग्न आग्रह गरे ।

देशमा बीउ उत्पादनमा अग्र स्थानमा रहेको चार पाच कम्पनीमा कैलालीका कम्पनीहरु पनि रहेको बताउँदै शर्माले उत्पादनको गुणस्तरमा बिशेष ख्याल गर्न आग्रह गरे ।

बीउ व्यवसायी संघका पुर्व केन्द्रिय अध्यक्ष  लक्ष्मीकान्त ढकालले बीउ उतपदन संवेदनशील पेशा भएकोले यसमा गम्भीर भएर लाग्नु पर्ने बताए ।

बीउ व्यवसायी संघका संस्थापक केन्द्रिय सचिव  बिष्णुराज बुर्लाकोटीले कुन बीउको कति छ भन्ने यकिन तथ्यांक भएमा उत्पादनमा सहजता हुने बताउँदै यकिन तथ्यांक संक्लन गर्ने कार्य सरकारले गर्नु पर्ने बताए ।

बीउ व्यवसायी संघ कैलालीका अध्यक्ष लोकेश भट्टले बीउ व्यवसायमा कहिल्यै नदेखिएकाहरु अनुदान पाइरहेको बताउदै त्यस्तो कार्यको रोकथाम हुनु पर्ने बताए ।

पशुपंक्षी औषधी व्यवसायी संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष यज्ञराज बास्तोलाबीउ व्यवसायी संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष लोकराज जोशी, राष्ट्रिय कृषक समुह महासंघ  सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापा, बीउ व्यवसायी संघ कन्चनपुरका अध्यक्ष पुष्पराज भट्टले मन्तव्य व्यक्त गरेका थिए ।

बीउ व्यवसायी संघ कैलालीका अध्यक्ष लोकेश भट्टको अध्यक्षतामा भएको साधारण सभामा स्वागत मन्तव्य खडग  बोहराले व्यक्त गरो थिए ।