धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

प्रदेश सरकारको एक बर्षि गतिबिधि सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले भने, जनताका आवश्यकता पुरा गर्न दृढ छौं

प्रदेश सरकारको एक बर्षि गतिबिधि सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले भने, जनताका आवश्यकता पुरा गर्न दृढ छौं

धनगढी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जनताका आधारभुत आवश्यकता पुरा गर्न प्रदेश सरकार दृढ रहेका बताएका छन्

आफ्नो नेतृत्वमा बनेको सरकारको एक बर्षे कार्यकाल पुरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने, ‘संघिय सरकारले हाम्रा अधिकार पनि बाँधेर राखेको , जसका कारण हामीले अपेक्षा अनुसार काम गर्न एक बर्षमा सकेनौं, तर हामी जनताका आकांक्षा आधारभुत आवश्यकता पुरा गर्न लागि परेका छौं, जनतालाई शुखी बनाउनुनै हाम्रो कर्तव्य हो

मुख्यमन्त्री शाहले देशमा संघीय व्यवस्था लागु भएको वर्ष भइसक्दा समेत संविधानले दिएका अधिकार प्रत्योजनमा समस्या रहेकै कारण प्रदेश सरकारलाई जनताका आवश्यकता, आकांक्षा सम्बोधन गर्न कठिनाइ भइएरहेको दोहोर्याए

तर पनि हामीले एक बर्षमा प्रदेशको स्थाईत्व, विकास सम्वृद्धिको आधार तयार पर्न आवश्यक काम गरेका छौं, मुख्यमन्त्री शाहले भने, ‘यो एक बर्षको मेहनतले आगामी दिनमा काम गर्न हामीलाई धेरै सहज हुने मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वका सरकार बनेपछि सुशासन कायम भएको, नीतिगत सुधार, वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास, पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको बताए

मुख्यमन्त्री शाहले प्रदेश सरकारको सेवा प्रवाह शासकीय सम्बन्धमा आवश्यक पाँच वटा संशोधन विद्येयक प्रदेश सभामा पेस भएको, दुई विधेयक सैद्धान्तिक सहमति प्रदान गरिएको बताए यस्तै, सरकारले नियमावली, वटा कार्यविधि तीन वटा मापदण्ड तयार गरिएको प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन स्वीकृत भएर कार्यान्वयनमा रहेको जनाएको

स्थानीय तहलाई सर्शत अनुदानमार्फत पहिलो पटक बजेट तथा कार्यक्रम हस्तान्तरण गरिएको, बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड निर्माण, प्रदेश स्वरोजगार विकास कोषमार्फत ५० सहकारीलाई २४ करोड अनुदान दिएर एक हजार २८७ जनालाई स्वरोजगार बनाएको कुरासमेत प्रगति विवरणमा समावेश गरिएको

पूर्वाधार विकासतर्फ धनगढीको मुख्य बजारको कैलाली पुलदेखि हुलाकी राजमार्गसम्मको सडक निर्माण अघि बढेको, धनगढीलाई आधुनिक व्यवस्थित सहर निर्माण गर्ने कामअघि बढाइएको, डडेल्धुरा बाजुरामा प्रदेश प्रमुख एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको, स्थानीय तहको पालिका केन्द्रलाई मुख्य राजमार्गसँग जोड्ने सडक १२ महिना सञ्चालन हुने गरी स्तरोन्नतिको काम थालेको सरकारले जनाएको

टी२० विश्वकप एशिया क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गर्ने सन्दीप जोरासहितका तीन खेलाडीलाई पुरस्कृत गरिएको, एमबीबीएस छात्रवृत्ति, उच्च शिक्षा छात्रवृत्ति, अपांग छात्रवृत्ति, वादी उत्थान छात्रवृत्तिसहित ८५९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको जस्ता कुरालाई पनि प्रगति विवरण्मा राखिएको