धनगढी पोष्ट
शनिबार, २७ माघ २०८० मा प्रकाशित
धनगढी । नेपाल बजार विक्री प्रतिनिधि संघ धनगढी इकाइको अध्यक्षमा दिपेन्द्रबहादुर साउद चयन भएका छन् ।
संघको शनिबार भएको प्रथम अधिवेशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
धनगढीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र खनाल, सचिवमा लोकराज पनेरु, कोषाध्यक्षमा मेखराज बडु र सहसचिवमा मोहन विष्ट चयन भएका छन् ।
यस्तै सदस्यमा धनसरा श्रेष्ठ, विजय चन्द, योगेश साउद, लक्ष्मीप्रसाद जोशी, स्वातन्त्र दाहाल, विष्णु पाण्डे, महादेव भट्ट, मन्नुलाल चौधरी, मानिसा आले र नविन थापा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको अवधि चार वर्षको रहने जनाइएको छ ।
नेपाल बजार प्रतिनिधि संघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा भएको प्रथम अधिवेशनको केन्द्रिय उपाध्यक्ष पदम भट्टराइले समुदघाटन गरेका थिए ।
कार्यक्रममा महासचिव जिवन वस्याल, रमेश नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन प्रदेशका निवर्तमान सचिव लक्ष्मीप्रसाद जोशीले गरेका थिए ।