धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा बैतडीकी युवति पक्राउ

प्रहरी हुँ भन्दै पैसा असुलेको  आरोपमा बैतडीकी युवति पक्राउ

धनगढी प्रहरी भन्दै छुट्टा बोलेर पैसा असुलेको आरोपमा बैतडी घर भएकी एक जना युवतिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन् उनलाई   ‘प्रहरी हुँ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो

आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको आरोपी विरुद्ध एक जनाले लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् काठमाडौँ महानगरपालिका१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको