धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अनुगमन समितिको निर्देशन विपरित राजघाटको पुल नजिकैबाट बालुवा संकलन

नगरपालिकालाई पत्राचार गरिएको छ, फेरी पनि नरोकिए कारवाही हुन्छ : प्रमुख जिल्ला अधिकारी

अनुगमन समितिको निर्देशन विपरित राजघाटको पुल नजिकैबाट बालुवा संकलन

धनगढी धनगढी उप महानगरपालिका कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमामा पर्ने राजघाटन स्थित मोहना नदीको घाटबाट अनुगमन समितिको निर्देशन विपरित कृष्णपुर नगरपालिकाले बालुवा उत्खनन् गर्न थालेको

कैलाली कञ्चनपुरको संयुक्त अनुगमन समितिले माघ २४ गते राजघाट स्थित माहना नदीमा बनेको पक्की पुलको एक किलो मिटर क्षेत्र भित्रबाट नदी जन्य पदार्थ उत्खनन् नगर्न निर्देशन दिएको थियो अनुगमन समितिमा कैलाली कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय समितिका प्रमुख तथा सुरक्षाकर्मीको उपस्थिती रहेको थियो

तर कृष्णपुर नगरपालिकाले भने अनुगमन समितिको निर्देशन विपरित मोहना नदीको पुल नजिकैबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोकेको छैन अनुगमन समितिको निर्देशन विपरित पुल नजिकैबाट स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्अनन् भइरहेको , नेपाली कांग्रेस धनगढी का वडा सभापति गजेन्द्र सिंहले भने, ‘ठेकदारलाई रोक्न खोज्दा नगरपालिकाले पठाएको भन्ने जवाफ आउँछन्

उनले पुल नजिकैबाट बिाहनै देखि ठेकेदारले स्काभेटर प्रयोग गरेर टिप्पर मार्फत बालुवा संकलन गर्ने गरेको बताए

यस विषयमा  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुरमा अधिकारसंग बुझ्दा उनले भने सो क्षेत्रबाट बालुवा उत्खनन् गरे कानूनी कारवाही गर्ने चेतावनी दिए

सो विषयमा हामीलाई पनि गुनासो आइरहेको , प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘त्यहाँको अवस्था बुझ्न मंगलबार सुरक्षा निकायलाई पठाएको पनि थिए, तर भेटाएनौं ।

उनले पुल बाट एक किलोमिटर तल बाट मात्रै बालुवा उठाउ दिनेगरी व्यवस्था गर्न कृष्णपुर नगरपालिका प्रहरीलाई पत्राचार गरिसहेको समेत बताए त्यति गर्दागर्दै पनि अटेरी गरे कानून अनुसार ठेकेदार कम्पनिलाई कालोसूचिमा राखेर कारवाही गरिने प्रमुख जिल्ला अधिकारीले बताए

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा चार नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्रीका लागि ठेकका गरेको कृष्णपुर नगरपालिकाले मोहना, मछेली, बनारा बन्ड खोलाबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्रीका लागि ठेक्कामा दिएको हो

वातावरणीय प्रभाव मूल्याङ्कन गरेर नगरपालिकाले चार करोड ५० हजारमा चार नदीको सगरमाथा कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो तर, मोहना नदीमा भने ठेक्का पाएको कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत नदीजन्य पदार्थको सङ्कलन तथा बिक्री गर्दै आएको भन्दै अनुगमन समितिले तत्काल नदीजन्य पदार्थ उत्खनन् रोक्न दिर्नेशन दिएको थियो

जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले मोहना क्षेत्रमा मापदण्ड विपरीत नदीबाट बालुवा सङ्कलन हुँदै आएको फेला परेकाले रोक्न निर्देशन दिइएको बताए सो क्षेत्रबाट नदीजन्य पदार्थ संकलन गर्दा पुललाई असर पर्ने देखिएको , कार्यवहाक प्रमुख भुषालले भने, ‘सो ठाउँको आइईई पनि भएको छैन, त्यसैले अनुगमन समितिले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो

कैलाली कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने मोहना नदीको राजघाट पुल क्षेत्रमा नदीको दोहन भएको हो उक्त क्षेत्रमा पुल नै जोखिममा पार्ने गरेर नदीजन्य पदार्थको उत्खनन हुँदै आएको कैलाली कञ्चनपुरको संयुक्त अनुगमन समूहले उक्त क्षेत्रका हुँदै आएको उत्खनन बन्द गरेको पुल क्षेत्रबाट उत्तरमा पाँच सय मिटर दक्षिणमा एक किलोमिटर भित्रबाट नदीजन्य पदार्थ सङ्कलन नगर्न भनिएको हो

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भने निर्देशन विपरित काम गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका छन् सो क्षेत्रबाट नदीजन्य पदार्थ संकलन नगर्न नगराउन कृष्पुर नगरपालिकालाई पत्राचार भइसकेको , समन्वय प्रमुख बोहराले भने, ‘त्यसका बाबजुद पनि नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य जारी राखे नियम अनुसार कारवाही गर्ने छौं

कञ्चनपुरको कृष्णपुर नगरपालिका९का वडा अध्यक्ष कैलाश बलायरले भने आफु बाहीर रहेका कारण उत्खनन् बारेमा जानकारी नपाएको बताए काम विशेषका कारण बाहीर रहेका कारण मंगलबार मात्रै वडामा पुगेको छु, वडाअध्यक्ष बलायरले भने, ‘के भएको रहेका रहेछ बुझ्ने छु मोहना पुल क्षेत्रबाट नदीजन्य पदार्थ संकलन नगर्न दिर्नेशन दिएको बारेमा भने आफुले जनाकारी पाएको उनले बताए

माघ २४ गते गरिएको अनुगमनमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुषाल, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी ध्रर्मेन्द्र मिश्रसहित प्राविधिकहरूको संयुक्त टोली रहेका थिए

संयुक्त अनुगमन टोलीले मोहना नदीको राजघाट क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन हुँदै आएको फेला भेटाएक थियो

अनुगमनकै क्रममा टोलीले स्थलगत रुपमै कैलाली कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने मोहना नदीको राजघाटमा नदीजन्य पदार्थको अवैध दोहन हुँदै आएको फेला परेपछि बन्द गर्न निर्देशन दिएको थियो सो नदीबाट वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत मनलाग्दी रूपमा उत्खनन हुँदै आएको बालुवा सङ्कलनका कारण  पुल जोखिममा पर्ने भन्दै अनुगमन टोलीले दोहन बन्द गर्न निर्देशन दिइएको हो

यस विषयमा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझासंग बुझ्न खोजिएकोमा उनले फोन उठाएनन्