धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

करणी आरोपमा वडा सदस्य पक्राउ

करणी आरोपमा वडा सदस्य पक्राउ

धनगढी । कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।
उनले फागुन १ गते राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेपछि फागुन १ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीमाथि अदालतबाट पाँच दिनको म्याद भई उतै बेल्डाँडीमै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।