धनगढी पोष्ट
शुक्रबार, ०४ फागुन २०८० मा प्रकाशित
धनगढी । बझाङको थलारा गाउँपालिका केन्द्रबिन्दु भएर शुक्रवार बिहान भूकम्प गएको छ । थलारा गाउँपालिकास्थित परकाट्ने आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ३२ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गएको असोज १६ गते पनि बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।