धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
७४ प्रजातन्त्र दिवस

प्रदेशका अधिकार प्रत्यायोजन नहुदा जनताका अपेक्षा सम्वोधन गर्न कठिनाई छ : मुख्यमन्त्री शाह

प्रदेशका अधिकारहरुको प्रत्यायोजन नहुदा शान्ति सुव्यवस्था, भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत अधिकारहरुको सम्वोधनमा कठिनाइ भैरहेको मुख्यमन्त्री शाहले बताए ।

प्रदेशका अधिकार प्रत्यायोजन नहुदा जनताका अपेक्षा सम्वोधन गर्न कठिनाई छ :  मुख्यमन्त्री शाह

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संविधान प्रदत्त अधिकार प्रदेशले पाउन नसकेका कारण जनताका अपेक्षाहरुको सम्वोधनमा समस्या भैरहेका बताएका छन् ।

देश संघीयाताको अभ्यासमा गएको भएको आठ बर्ष पुरा भैसकेको छ । तर अझै पनि संविधान प्रदत्त अधिकारहरुको प्रत्यायोजनमा समस्या रहेको छ ।”  ७४ प्रजातन्त्र दिवसका अवसरमा आइतबार धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले भने  “यसका कारण  प्रदेश सरकारले जनताका आवश्यक इच्छा, आकांक्षाहरुको सम्वोधन गर्न केही कठिनाई भैरहेको छ ।”

प्रदेशका अधिकारहरुको प्रत्यायोजन नहुदा शान्ति सुव्यवस्था, भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत अधिकारहरुको सम्वोधनमा कठिनाइ भैरहेको मुख्यमन्त्री शाहले बताए ।

संविधानले कल्पना गरेको तीन तहका बीच समन्वय, सहअस्तित्व र सहकार्य कार्यान्वयनमा समस्या रहेको मुख्यमन्त्री शाहले बताए ।   “संघीय ऐन निर्माण र संघीय सरकार अभ्यासको लामो इतिहास छ । तर प्रदेश नौलो अभ्यास हो ।” मुख्यमन्त्री शाहले भने  “प्रदेश शासन संघीयताको मुल चुरो भएकोले यसलाई बलियो र संस्थागत बनाउनुको बिकल्प रहदैन ।”

मुख्यमन्त्री शाहले  जतिसुकै  समस्या र चुनौती भए पनि सुदुरपश्चिम प्रदेश सरकार सुशासन सहित प्रदेशको समृद्धिलाई मुल लक्ष्य र गन्तव्य बनाएर अघि बढिरहेको बताए ।

सुदुरपश्चिम प्रदेशमा चुनौती र समस्याहरु अधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले कठिन भुगोल, गरिबी र बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा समस्या, उद्यमशिलताको कमी, भौतिक पुर्वाधारको कमी, सीमित श्रोत साधन लगायतका समस्याहरुका कारण प्रदेश सरकार चाहेर पनि जनताका अपेक्षामा खरो उत्रिन नसकेको स्वीकार गरेका छन् ।

सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डाक्टर हरि लम्सालले जनताका इच्छा र आकांक्षाहरुको सम्वोधन गर्ने उपयुक्त  माध्यम प्रजातन्त्र भएको बताए ।  प्रजातन्त्रमा जनताका आकांक्षाहरु स्वभाविक भएको  उल्लेख गर्दै प्रमुख सचिव लम्सालले प्रजातान्त्रि बिधि र पद्धतिका माध्यमबाट देशलाई समृद्धि तर्फ अघि बढाउनुको बिकल्प नरहेको बताए ।

कार्यक्रम  सँचालन सुदुरपश्चिम प्रदेश सभाका सुचना अधिकार युवराज जोशीले गरेका थिए । धनगढीको  शहीद गेटमा  शहीदहरुप्रति माल्यार्पणपछि  शुरु भएको  रयाली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो ।