धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

एमाले कैलालीको जिल्ला अधिवेशनमा  सहमति नजुट्दा निर्वाचन प्रकृया शुरु भएन

एमाले कैलालीको जिल्ला अधिवेशनमा  सहमति नजुट्दा निर्वाचन प्रकृया शुरु भएन

धनगढी । सहमतिको प्रयास सफल हुन नसकेपछि एमाले कैलालीको बन्द शत्र मंगलबार बिहानसम्मका लागि स्थगति भएको छ । एक साता अघि नै  पदाधिकारीका आकांक्षीहरुबाट इच्छापत्र मागेर शुरु भएको सहमतिको प्रयास बन्द शत्र शुरु भैसक्दा पनि सफल नभएपछि सोमबारसम्म निर्वाचन प्रकृया शुरु हुन सकेको छैन ।

जिल्ला अधिवेशनको निर्वाचन समितिका सदस्य नरेन्द्र शर्माले निर्वाचनका लागि आवश्यक प्रमाणित जानकारी प्राप्त  भैनसकेकाले निर्वाचन प्रकृया शुरु नभएको बताए ।

एमाले कैलाली अध्यक्षका तीन जना दावेदारहरु  दुर्गा जोशी, डेजी पाण्डे र यज्ञराज ढुंगाना समुह बनाएर नै निर्वाचनमा जाने तयारीमा रहेका छन् । पटक पटक भएका छलफलमा कसैले पनि अरुलाई समथन गर्ने इच्छा नराखेपछि सहमति हुन नसकेको हो ।  अध्यक्षका दावेदार जोशी जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष, पाण्डे सचिव र ढुंगाना सुदुरपश्चि प्रदेशका सदस्य हुन् ।

सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेताहरु को तिनै जनालाई समर्थन रहेको छ । केन्द्रीय सचिव लेखराज भट्ट   जिल्ला समितिका कार्यवाहक अध्यक्ष जोशीको पक्षमास्थायी समिति सदस्य कर्ण बहादुर थापा र पोलिटब्युरो सदस्य नारदमुनि राना पाण्डेयको पक्षमा, केन्द्रीय सदस्य दामोदर भण्डारी र केन्द्रिय सदस्य एवम कैलाली इन्चार्ज गणेश ठगुन्ना ढुंगानाको पक्षमा रहेका छन ।  एमालेको अधिवेशन लम्बिद पाच शय भन्दा बढी प्रतिनिधिहरु तीन दिनदेखि सुखडमा नै रहेका छन् ।

निर्वाचन समितिका सदस्य शर्माले सोमबारसम्म मतदाता नामावलीको प्रमाणित सुची प्राप्त नभैसकेकाले निर्वाचन प्रकृया शुरु हुन नसकेको बताए । मतदाता नामावलीको प्रमाणित सुची नआउदा  मतदाता नामावली समेत प्रकाशित भएको छैन ।

सदस्य शर्माले जिल्ला समितिमा निर्वाचित हुने पदाधिकारी र सदस्यहरुको क्लस्टरवाइज  सुची  पनि आफुहरुले पाइ नसकेको बताए । “मंगलबार बिहानसम्म मतदाता नामावली र क्लष्टरवाइज सुची पाउने कुरा  छ ।” शर्माले भने “आधिकारिक जानकारी पाउने बित्तिकै निर्वाचनको काम शुरु गर्छौं ।”     

भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।

एमालेका अध्यक्ष  केपी शर्मा ओलीले जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै आफु कसैको पनि पक्षमा नरहेको  बताएका थिए । अध्यक्ष ओलीले दावेदारहरुलाई आफ्नो अवस्थाको मुल्यांकन गर्दै सहमतिमा पुग्न सुझाव दिएका थिए । 

सहमतिको लागि निरन्तर छलफल भैरहे पनि  सोमबारसम्म सहमति हुन सकेको छैन ।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले दावी गरेका छन् ।

एमाले कैलालीको जिल्ला अधिवेशनमा साढे छ शय प्रतिनिधि सहभागी हुदैछन् । जिल्ला अधिवेशनले जिल्ला समितिका लागि  करिब डेढ शय जनालाई निर्वाचित गर्नेछ ।