धनगढी पोष्ट
बिहिबार, १० फागुन २०८० मा प्रकाशित
धनगढी । पाच दिनसम्म पनि सहमतिको प्रयास सफल हुन नसकेपछि शुरु गरिएको नेकपा एमाले कैलालीको निर्वाचन स्थगित गरिएको छ ।
उम्मेदवारी दर्ता भएर मतदानका लागि मतदाताहरु पर्खिरहेको बेला बिहीवार निर्वाचन समितिले निर्वाचन स्थगितको घोषणा गरेको हो । निर्वाचन कमिटीले शुक्रवार सुचना प्रकाशित गरेर अनिश्चितकालका लागि निर्वाचा स्थगित भएको जनाएको हो ।
अधिवेशन शुरु भएको चौथो दिन बुधबार उम्मेदवारी दर्ता भएको थियो । यज्ञ भण्डारी, डेजी पाण्डेय र दुर्गा जोशी अध्यक्षमा आफ्नो टीमा सहित प्रतिस्पर्धा गर्दैछन् ।
फागुन ७ गते कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको नवौँ अधिवेशन शुरु भएको हो ।