धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

एक करोड लागतमा बनेको डिप ट्युवेल अलपत्र

एक करोड लागतमा बनेको डिप ट्युवेल अलपत्र

धनगढी कैलालीको गोदावरी नगरपालिका खैरानामा करिव एक करोडको लागतममा निर्माण गरिएको डिप ट्युवेल अलपत्र परेको

महाकाली सिचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरले एक वर्ष अघि नै उपभोक्ता समिति मार्फत सो ट्युवेल निर्माण गरेको थियो ६० विगाहा जमिनमा सिचाईँ सुविधा पु¥याउने लक्ष्यका साथ निर्माण गरिएको ट्युवेल सञ्चालनका लागि कुनै पनि निकायले जिम्मेवारी नलग्दा अलपत्र परेको हो

स्थानीय वीर सिह धामीले ट्युवेल किन बन्द भएको कस्ले सञ्चालन गर्नेहो भन्ने वारेमा हाल सम्म जानकारी नपाएको बताए यही ट्युवेल नजिकै केरा खेतिगर्दै आएको छु, धामीले भने, ‘तर ट्युवेल कस्ले सञ्चालन गर्ने होर हाल सम्म बन्द किन भयो भन्ने जानकारी पाउन सकेको छैन