धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भारतीय नम्बरप्लेट भएको कारको ठक्करबाट लम्कीमा एकजनाको मृत्यु

भारतीय नम्बरप्लेट भएको  कारको ठक्करबाट लम्कीमा एकजनाको मृत्यु

धनगढी । कैलालीको लम्कीमा भारतीय नम्बर प्लेट भएको कारले ठक्कर दिंदा  साइकल यात्रीको मृत्यु भएको छ । 
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका- २ मोतीपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका- १ का ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राती मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उक्त कार चालक लम्कीचुहा नगरपालिका–६ मा अन्य दुई जनालाई पनि ठक्कर दिएर भागेका थिए । घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन । मनिरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । 
कार र चालक लम्कीचुहा नगरपालिका वडा नं १० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।