धनगढी पोष्ट मङ्गलबार, २६ चैत २०८१   April 8, 2025

सहकारी संध कैलालीको अध्यक्षमा सापकोटा निर्वाचित

सहकारी संध कैलालीको अध्यक्षमा सापकोटा निर्वाचित

धनगढी कैलाली जिल्ला सहरी संघ लिमिटेडको अध्यक्षमा फणिराज सापकोटा विजयी भएका छन् शनिवार भएको निर्वाचनमा उनी अध्यक्षका प्रत्याशी कृष्णराज पाण्डेलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका हुन्

सापकोटाल १६९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धि पाण्डेले एक सय ५९ मत पाएका छन् उपाध्यक्षमा दिप्ती शाही विजयी भएका छन् उनको एक सय ९० मत उपाध्यक्षका अर्का उम्मेदवार भूपेन्द्र थापा क्षेत्रीले एक सय ३१ मत पाएका छन् सहकारी संघ कैलालीको सचिवमा जयप्रकाश न्यौपाने विजयी भएका छन् न्यौपानेले एक सय ७३ मत ल्याएका छन् सचिव पदका प्रत्याशी रामेश्वर प्रसाद रेग्मीले एक सय ३८ मत पाएका छन्

सहसचिवमा विश्वनाथ प्रसाद चौधरी विजयी भएका छन् चौधरीले एक सय ५९ मत पाएका हुन् उनका प्रतिस्पर्धी देवानन्द जैशी बजगाईले एक सय ५२ मत पाएका छन् कोषाध्यक्षमा गीतादेवि चौधरी विजयी भएकी छन् उनी एक सय ५९ मतसहित विजयी भएकी हुन् अर्का कोषाध्यक्ष पदका प्रत्याशी दुर्गा प्रसाद भण्डारीले एक सय ५३ मत पाएका छन् राष्ट्रिय प्रतिनिधिमा शिवा थापा विजयी भएका छन् थापाले एक सय ९६ मत ल्याएका हुन भने उनका प्रतिस्पर्धी यज्ञराज उपाध्यायले एक सय मत ल्याएका छन्

शनिबार धनगढीमा नयाँ नेतृत्वको लागि प्यानल बीच प्रस्तस्पर्धा भएको थियो निर्वाचनबाट सदस्यहरूमा डण्डीराज सुवेदी, मायाकुमारी चौधरी, भक्तबहादुर विश्वकर्म, सुरेन्द्रबहादुर बडुवाल, मोहनमति चौधरी, पूर्णबहादुर विष्ट, इच्छाकुमारी चौधरी माघुलाल डगौरा थारू विजयी भएका छन् यस्तै, लेखा संयोजकमा मनमोहन विष्ट, लेखा सदस्यमा सर्मिला कुमारी चौधरी बृद्धि प्रसाद खनाल विजयी भएका छन्