धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

बेहडाबाबामा हेलिकप्टरद्वारा पुष्प वर्षा संगै सवा दुई करोड दीप प्रज्वलन

बेहडाबाबामा हेलिकप्टरद्वारा पुष्प वर्षा संगै सवा दुई करोड दीप प्रज्वलन

 

धनगढी । हिन्दुहरुको महत्वपूर्ण पर्वका रुपमा मानिने महा शिवरात्री पर्वका अवसरमा धनगढी१६मा रहेको वेहडा वाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प बर्ष गरिनुका साथै सवा दुई करोड दीप प्रज्वलन गरिएको छ ।

सो कार्यक्रम अवोलकन गर्न तथा मन्दिर दर्शनका लागि वेहडा बाबा मन्दिरमा दर्शनार्थिको भीड लागेको थियो । भक्तजनको  नियन्त्रण गर्न र सहज मन्दिरको दर्शनको व्यवस्था गर्न इनिस्पेक्टरको कमाण्डमा प्रहरी परिचालन गरेको थियो ।

शिवपुरी धाम, वेहडा बाबा मन्दिर, गोदावरी धाम लगायतका स्थानमा दुई/दुई जना प्रहरी निरिक्षक (इनिस्पेक्टर) को कमाण्डमा सुरक्षा कर्मी परिचालन गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले भने, ‘अन्य स्थानमा पनि आवश्यकता अनुसार प्रहरी तैनाथ हुने व्यवस्था गरिएको छ । भक्तजन तथा वर्तालु महानुभावलाई सहज रुपमा मन्दिरको दर्शन गर्ने र भेटी चढाउने व्यवस्था गर्न मन्दिर व्यवस्थापन समिति संगै सशस्त्र प्रहरीसंग पनि समन्वय गरिएको प्रबक्ता चन्दले बताए ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिको अवसरमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिएको हो । ‘हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको हो । अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराइएको बताए ।