धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आलोपालो प्रणालीमा कक्षा संचालन गर्न पाउनु  पर्ने प्याब्सनको माग

आलोपालो प्रणालीमा कक्षा संचालन गर्न पाउनु  पर्ने प्याब्सनको माग
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सन धनगढी नगर कमिटीका अध्यक्ष पदम बहादुर साउँद

धनगढी

  कोभिड १९ को प्रभाव अध्ययन गरि नगरपालिकाभित्र आलोपाले प्रणालीमा कक्षा संचालनको व्यवस्था मिलाउन निजी तथा आवासिय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकासँग माग गरेको

 अहिले नै अनलाइन कक्षामा जाने अवस्था नरहेको भन्दै  आलोपालो प्रणालीमा भए पनि बिद्यालय संचालनको व्यवस्था मिलाउन प्याब्सन नगर कमिटीका अध्यक्ष पदम सिंह साउँदले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर  ओडलाई शुक्रवार बुझाएको ज्ञापनपत्रमा माग गरिएको  

अनलाइन कक्षा भर्चुअल कक्षा बैकल्पिक शिक्षण पद्धति मात्र भएको नेपाली समाजमा अहिले नै यो पद्धतिको पहुँचमा सबै बिद्यार्थीहरु हुन नसक्ने यथार्थ प्याब्सनले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको   ‘बिद्यालयहरुमा आवश्यक पुर्वाधार व्यवस्थापन सहित जोर बिजोर  वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि बिद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गरियोस्

  प्याब्सनका नगर अध्यक्ष साउँदले एक पटकमा आधा बिद्याथीहरु मात्र राखेर दिनमा सिफ्टमा कक्षा संँचालन गर्न सकिने बताए कोभिड १९ कति लम्बिन्छ थाहा छैन, त्यसैले  सकिने व्यवस्था गरेर कक्षा संचालन गरौ भन्ने हाम्रो आग्रह हो साउँदले भने  ‘उपमहानगरपालिकाले बिज्ञहरु राखेर कसरी संचालन गर्न सकिन्छ भनेर टुँगो लगाउनु पर्छ

  ध्यानाकर्षण पत्रमा सरकारले भने अनुसार शैक्षिक शत्र २०७७ मा महिनाको शुल्क शैक्षिक शत्र २०७७ को शुलक लिन पाउनु पर्ने माग गरिएको

  बिद्यालयमा राखिएका क्वारेन्टिन अन्यत्र सारेर क्वारेन्टिन राखिएका बिद्यालयहरुको  निर्मलीकरण गर्न पनि माग गरिएको एक  शैक्षिक शत्रका लागि शय ८० देखि शय ९० दिन पठनपाठन गर्नु पर्ने भएकोले शैक्षिक शत्र २०७७ का लागि केही सार्वजनिक बिदा, जाडो बिदा लगायतका बिदा कटौत गरि नयाँ शैक्षिक क्यालेण्डर बनाउन माग गरिएको