धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिम सरकारबाट फिर्ता हुन नागरिक उन्मुक्तिका मन्त्रीलाई अध्यक्ष श्रेष्ठको निर्देशन

सुदूरपश्चिम सरकारबाट फिर्ता हुन नागरिक उन्मुक्तिका मन्त्रीलाई अध्यक्ष श्रेष्ठको निर्देशन

धनगढी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिजा श्रेष्टले सो पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकिछन्

शुक्रबार मात्रै नागरिक उनमुक्ति पार्टीले तीन जना प्रदेश सभा सदस्यलाई सरकारमा सहभागि गराएको थियो तर शनिबार भने फेरी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीलाई फिर्ता हुन दिर्नेशन दिएकि हुन्

पार्टी नेतृत्वसँग कुनै सरसल्लाह नै नगरि प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन्

संघीय सरकारमा हामी नयाँ गठबन्धनमा सत्तापक्षको बेन्चमा बसेका छौँ तर त्यहाँ साथीहरु नेतृत्वसँग सल्लाह नै नगरि मन्त्री बन्नुभएको रहेछ, अध्यक्ष श्रेष्ठले भनेकिछन्, ‘त्यसैले मैले उहाँहरुलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छु

मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन दिइएको निर्देशनको अवज्ञा गरेमा उनीहरुमाथि कारवाही हुने समेत श्रेष्ठले बताइन्

शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिना विभागीय मन्त्री इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए

जबकी श्रेष्ठले शुक्रबार नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्