धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु

बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु

धनगढी बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु भएको बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिगास गाउँपालिका साउनसल्याडीका अन्दाजी ५४ वर्षीय प्रेमसिंह धामीको मृत्यु भएको हो

गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेर धामी गम्भीर घाइते भएका थिए जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीवार साँझ घटना भएको सोही राति नै धामीको मृत्यु भएको हो