धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी

राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी

धनगढी राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे त्यस्तै शर्माले १७ मत प्राप्त गरे

अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको जसपाको मत पाए त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन्

त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रहेका छन् कांग्रेसले आफ्नोबाहेक लोसपाको मत पाएको बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको

चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन्

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए यसअघि दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए