धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सकरार जतिवेला पनि ढल्न सक्छ : कानून मन्त्री भट्ट

सकरार जतिवेला पनि ढल्न सक्छ : कानून मन्त्री भट्ट

धनगढी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले बदलिदो राजनीतिक परिवेसका कारण वर्तमान मुख्यमन्त्रीको नेतृत्वमा रहेको प्रदेश सरकार अप्ठ्यारोमा रहेको बताएका छन्

बिहीबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री भट्टले सवै मन्त्रीको पद धराममा रहेको जतिसुकै वेलापनि जिम्मेवारी खोसिन सक्ने बताएका हुन् उनले जतिसुकै वेलापनि पद जान सक्ने सम्मको अवस्था सिर्जना हुन सक्ने बताए अहिलेको घटनाक्रमले के हुन्छ थाहा छैन, मन्त्री भट्टले भने, ‘ यहाँ बोलिरहेको छु मन्त्रालय जाँदा पद गएको पनि हुन सक्छ, मेरो मात्र नभई सवै मन्त्रीको अवस्था उस्तै

कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्दा पनि थप दुई सांसदको समर्थन जुटाउनु पर्ने अवस्था सृजना भएको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले समर्थन फिर्ता लिन सक्ने सङ्केत गरेपछि मन्त्री भट्टले मन्त्री पद जुनसुकै अवस्थामा पनि जान सक्ने बताएका हुन्

बुधबार मुख्यमन्त्री कमल बहादुर शाहले भट्ट सहितको सात सांसदलाई बोलाएर सरकार जोगिने सम्भावना टर्दै गएको ब्रिफिङ गरेका थिए बिहीबार मन्त्री भट्टले आफ्नो पद जुनसुकै अवस्थामा पनि जान सक्ने अभिव्यक्ति दिएका हुन्

मन्त्री भट्टले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको गुनासो गरेका छन् सञ्चारको सम्पूर्ण अधिकार प्रदेशलाई दिनु पर्ने हो त्यो अधिकार केन्द्रले दिएको छैन उनले भने, ‘संघीय मन्त्रीलाई तीन पटक भेटेर भनेको थिए तर, उहाँबाट पनि समस्या सम्बोधन भएन उनले सङ्घले अधिकार नदिएको हुँदा प्रदेशमा कानुन बनाउन समस्या भएको जिकिर रहेका थिए

उनले तत्काल आम सञ्चार नीति आमसञ्चार विधेयक प्रदेश सभामा टेबल हुने तयारीमा रहेको जनाकारी दिए उनले पछिल्लो समय सञ्चार माध्धयमहरुको विकास भइरहेको भन्दै आम नागरिकहरूलाई जानकारी दिने सवालमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए पत्रकारितामा चुनौती थपिएका छन्, स्वच्छ पत्रकारिताको विकास हुन आवश्यक रहेको उनले भने उनले सरकार हलचल भइरहेको भन्दै जतिबेला पनि मन्त्री पद जान सक्ने बताए