धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कैलालीका तीन पालिकामा अनुमानमा आधारित बिपद पुर्व तयारी कार्यबिधि बन्दै

कैलालीका तीन पालिकामा अनुमानमा आधारित बिपद पुर्व तयारी कार्यबिधि बन्दै

धनगढी ।  कैलालीका तीन पालिाकामा अनुमानमा आधारित बिपद पुर्व तयारी कार्यबिधिको मस्यौदाबारे छलफल भएको छ । चिसोबाट हुने बिपद  शीतलहर र अत्यधिक गर्मीबाट  हुने  बिपदको पुर्व तयारीको कार्ययोजनाको मस्यौदा तयार तयार पारिएको हो ।

कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउपालिकामा लागु गर्नका लागि समुदायमा आधारित बिपद जोखिम न्युनीकरण परियोजना अन्तर्गत  कार्यविधिको मस्यौदा तयार पारिएको हो ।

पालिका स्तरमा छलफलपछि प्रदेश स्तरमा कार्यधिबारे छलफल भएको हो ।

जापान सरकारको अािर्थक, वल्र्ड भिजन इन्टरनेशनलको प्राविधिक सहयोगमा सामाजिक बिकासका लागि सचेत समाजले कैलालीका टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउपालिकाका तीन तीन वडामा परिेयोजना सँचालन गरिरहेको छ । कैलाली जिल्लाका लक्षित समुदायको विपद् जोखिम व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने लक्ष्य परियोजनाले लिएको छ ।

जाडो समयमा हुने अत्यधि  चिसो (लु) र अत्यधिक गर्मीबाट हुने मानवीय क्षति कम गर्न पालिकाहरुको पुर्व तयारी र  बिपदका बेला काम गर्नका लागि  कार्यविधि तयार पारिएको एलटीआरटीका निर्देशक  दिनेश जोशी   बताए ।

सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव  ........ले समुदायको सभागितामा बिपद जोखिम न्युनीकरणका कार्ययोजना बनाउन  आवश्यक रहेको बताउदै समुदायलाई सशक्त बनाउने कामले बिपदका  जोखिम कम हुने बताए ।

सिएसएसडीका अभ्यक्ष मीना ओझाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  डिआरआर फोकल पर्सन  क्रिम चौधरीले  स्वगत मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रम सँचालन सञ्जय चौधरीले गरेका थिए ।