धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

डडेल्धुराको परशुरामका कर्मचारी आन्दोलीत, सेवा ठप्प

डडेल्धुराको परशुरामका कर्मचारी आन्दोलीत, सेवा ठप्प

धनगढी कार्यपालिका बैठकमै हाकिम कुटिएपछि डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीहरूले आन्दोलित हुँदै सेवा ठप्प पारेका छन् आइतवार उनीहरूले निधारमा कालोपट्टी बाँधी अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका हुन्

गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो उपमेयर (उपप्रमुख) विमलाकुमारी बोहरा, वडा नं का वडाध्यक्ष कर्णबहादुर धामी का वडाध्यक्ष लालबहादुर धामीले प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेपछि उनको टाउकोमा तीन टाँका लगाउनु परेको थियो धनगढीमा उपचारपछि उनी अहिले विश्राम गरिरहेका छन्

कार्यालयमै जनप्रतिनिधिहरूबाट कुटपिट हुन थालेपछि काम गर्ने वातावरण भएन हामी पनि सुरक्षित छैनौँ, नगरपालिकाकी प्रशासकिय अधिकृत शोभा जोशीले भनिन्, ‘हामीलाई सुरक्षित हुने महशुस नभएसम्म दोषीमाथि कारबाही नभएसम्म हामी आन्दोलनमा छौँ

कार्यालय परिसरमा कर्मचारीहरू टाउकोमा कालोपट्टी बाँधी विरोध जनाइरहेका छन् प्रहरीले जाहेरीसम्म दर्ता नगरेको उनीहरूको गुनासो माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलनमा हुन्छौँ नगर प्रमुख उपप्रमुखले तत्काल छलफलमा बोलाएर सहमति गर्नुपर्छ