धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

धनगढीका नगरप्रमुख हमाललाई ज्यान मार्ने धम्की

धनगढीका नगरप्रमुख हमाललाई ज्यान मार्ने धम्की

धनगढी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सामाजिक सञ्जाल मार्फत एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् सामाजिक सञ्जाल ह्वाट्सएप बाट नगर प्रमुख हमाललाई ज्यान मार्ने सम्मको धम्कि दिएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दका अनुसार स्थानीय राना थरका एक व्यक्तिले आफूलाई खबरदार भन्दै ज्यान मार्ने धम्की दिएपछि मेयर हमालले प्रशासनमा उजुरी समेत दिएका छन्

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन जिल्ला प्रहरी कार्यालयमा पुगेको ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएको पाइएको , प्रबक्ता चन्दले भने, ‘उसले नगर प्रमुअख हमाललाई खबरदार भन्ने सन्देश पनि ह्वाट्सयपमा छोडेको

नगर प्रमुख हमालले आफूलाई राति ज्यान मार्ने धम्की दिएको जनाएका छन् तर उनले धम्की दिनेको नाम भने निवेदनमा खुलाएका छैनन् प्रहरी प्रबक्ता चन्दले धम्की दिने राना कैलालीकै बर्दगोरिया स्थित बौनिया क्षेत्रमा रहेको पाइएको प्रहरी उनलाई खोजिरहेको बताए

रानाले आफै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी पनि दिएका छन्, प्रबक्ता चन्दले भने, ‘हामी उसको आस्वासनमा बस्नेकुरा भएन खोजि गरिरहेका छौं घटनापछि नगरप्रमुख हमालको निग्रानी बढाइएको उनले बताए नगर प्रमुख हमालले सुरक्षाकर्मीको माग भने गरेका छैनन्