धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

२० हजार पूर्जा वितरण गर्ने अन्तिम तयारी हुँदा भूमी आयोग खारेज

२० हजार पूर्जा वितरण गर्ने अन्तिम तयारी हुँदा भूमी आयोग खारेज

धनगढी राष्ट्रिय भूमि आयोगको कैलाली जिल्ला समितिले चालु आर्थिक मसान्तभित्रै २० परिवारलाई जग्गा दिने तयारी भइरहेका वेला सरकारले आयोजनै खारेज गरेको

समितिले बिहीबार दुई वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै सो संख्यामा कैलाली जिल्लामा जग्गा धनि पुर्जा वितरणको अन्तिम तयारी अनुसार काम भइरहेको जनाएको थियो समितका अध्यक्ष यज्ञराज उपाध्यायले स्थानीय तहले तदारुकता नदेखाएका कारण ढिलो भएपनि अहिले २० हजार पूर्जा तयारी अवस्थामा रहेका बताएका थिए

समितिका अनुसार भूमिहीन दलित परिवारको एक हजार २६५, भूमिहीन सुकुम्बासी परिवारको दुई हजार सय २६ अव्यवस्थित बसोबासीको ४६ हजार सय ४६ कित्ता जमीन नापीको काम पनि खन्तिम चरणमा पुगेको थियो ती सो कित्ताको आठ हजार दुई सय दुई दशमलब ३२ हेक्टर जमीन नापजाँच भएको अध्यक्ष उपाध्यायले बताए

कैलाली जिल्लामा रहेका १३ मध्ये १० स्थानीय तहमा नापजाँच सम्पन्न हुने चरणमा रहेको अध्यक्ष उपाध्यायले बताए उनले टीकापुर नगरपालिका जानी जोशीपुर गाउँपालिकामा नापजाँच गर्ने तयारी भइरहेको बताए उनले ति स्थानीय तहमा मध्ये टीकापुर नगरपालिकालाई जग्गा नापजाँचका लागि ११८ थान नक्सा ६० थान फिल्डबुक हस्तान्तरण भइसकेको बताए

अध्यक्ष उपाध्यायले स्थानीय तहले भू उपयोग नियमावली २०७९ अनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेको कारणले भूमि सम्बन्धी समस्या समाधान गर्न ढिलाई भइरहेको बताए उनले जग्गाको वर्गीकरण गर्न नसकेको कारण स्थानीय तहले जग्गाधनि पुर्जा दिन सिफारिस गर्न नसकेको बताए भू उपयोग नियमावली अनुसार शहरी, औद्योगिक, सबोबास, कृषि, शहरोन्मुख, वन, खानी तथा खनिज लगायतका क्षेत्रमा जग्गा वर्गीकरण गर्नुपर्ने हुन्छ वर्गीकरणको आधारमा जग्गा दिने व्यवस्था भूमि सम्बन्धी ऐन २०७६ मा भएको हुनाले वर्गीकरण गरेपछि मात्रै जग्गा दिन सिफारिस गर्नुपर्ने अध्यक्ष उपाध्यायले बताए

शहरी क्षेत्रमा बढिमा धुर मात्रै जग्गा दिने व्यवस्था भएको शहरी क्षेत्रमा त्यो भन्दा बढि जग्गा भोगचलन गरिरहेकोले पनि ऐनको व्यवस्था वर्गीकरण नमिलिरहेकोले समस्या भएको बताए स्थानीय तहहरुले वर्गीकरणको काम सकेर जग्गा दिन सिफारिस गरेमा अझै धेरै परिवारलाई जग्गा दिन सकिने उनले बताए

कैलाली जिल्लामा ७६ हजार ३८० कित्ता जग्गा  दर्ताका लागि निवेदन परेको सो मध्ये २६५ परिवारलाई जग्गाधनि पुर्जा वितरण भइसकेको धनगढीको वडा नं. मा २२, लक्मीचुहा नगरपालिकाको वडा नं. मा १३०, गोदावरी नगरपालिका वडा नं. मा बर्दगोरियामा परिवारलाई जग्गाधनि पुर्जा वितरण भएको गोदावरी नगरपालिकामा २२६ जना अव्यवस्थिति बसोबासीहरुको वर्गीकरण राजश्व दस्तुर सम्बन्धी सूचना प्रकाशित भइसकेको भएपनि राजश्व धेरै भएको भनेर पुर्जा लिन नमानेको समितिले जनाएको