धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

मेरो माइक्रो फाइनान्स कृष्णपुर शाखाको वार्षिक केन्द्र पमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम

मेरो माइक्रो फाइनान्स कृष्णपुर शाखाको वार्षिक केन्द्र पमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम

धनगढी मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कृष्णपुर, कन्चनपुरले आयोजना गरेको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम कृष्णपुरमा सम्पन्न भएको

कार्यक्रममा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कृष्णपुरद्धारा प्रवद्धित  विभिन्न केन्द्रहरुको प्रतिनिधीत्व गर्ने एक सय ३० जना केन्द्र प्रमुख तथा ग्राहक सदस्यहरुको लागि वित्तीय सचेतना तथा लघुवित्त कार्यक्रमको बारेमा सुझाव संकलन संगै अन्तक्रिया कार्यक्रम गरीएको थियो कार्यक्रमको प्रमुख अथिती कृष्णपुर नगरपालिका का वडा अध्यक्ष टेक पाण्डेयले ग्राहक सदस्यलाई बहुबैंकिङ्ग कर्जा दुरपयोगको बेफाइदा, असर, तथा लघुवित्तले विपन्न परिवारमा पु¥याएको बचत तथा कर्जा कारोबार एवं लघुविमाले आत्मनिर्भरमा पु¥याएको सहयोगको प्रसंशा गरेका थिए

वडा अध्यक्ष पाण्डेयले लघुवित्त तथा सहकारी संस्थाबाट कर्जा लिई सहि सदुपयोग नगरी कर्जा दुरपयोग गर्ने कर्जा नतिर्ने प्रवृति बढेको भन्दै त्यसो नगर्न ग्राहकलाई आग्रह गरेका थिए साथै लघु वित्तीय संस्थालाई पनि निजी स्वार्थको लागि सामाजिक गतिविधी गर्नेहरुलाई सचेत पार्न आग्रह गरे उनले शिक्षा स्वास्थ्यलाई नगरपालिकाको प्रागमिकतामा रहेको सोही अनुसार नयाँ शैक्षिक शत्र देखि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सञ्चालन गर्ने तयारी भइरहेको बताए उनले २४औं घण्टा प्रसुती सेवाको लागि नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै हरेक बर्ष प्रति वडा कम्तीमा किलोमिटर  सडक पिच गर्दै समाजको भौतिक तथा आर्थिक विकासमा कृष्णपुर नगरपालिका तिब्र गतिमा काम गरिररहेको बताए

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरपालिकामा रहेका सहकारी तथा लघुवित्त संस्थाहरुको नयमनको लागि छाता संगठन बनाइ एकै व्यक्तिले विभिन्न सस्थाहरुबाट कर्जा लिई नियतबस नतिर्ने सदस्यहरुको अभिलेख राखि आगामी दिनमा कर्जाको सहि सदुपयोग भए नभएको वित्तीय सस्थाले सुपरिवेक्षण नियमित गर्नुपर्नेमा जोड दिए

त्यसैगरी कृष्णपुर स्वास्थ्य चौकीका प्रमुख बंशिराज भट्टले लघुवित्त क्षेत्रमा महिला सहभागिता भएको पाइएको बताए समुहमा आवद्ध महिलाले आफु आफ्नो परिवारको स्वास्थ्यको बारेमा जिम्मेवार हुन जरुरी रहेको उनले बताए उनले स्वास्थय संस्थाबाट प्रसुति सेवा लग्नु हरेक महिलालाई स्वास्थय संस्थाबाट दुई हजार उपलब्ध गराइदै आएको बताए

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयका प्रतिनिधी ईश्वर आर्चायले कार्यक्रममा सदस्यहरुस्को गुनासो तथा सो को प्रतिउत्तर दिइ वित्तीय सचेतना बारे जानकारी गराएका थिए अनुगमन कार्यालयका अधिकृत जयन्त भण्डारीले वित्तीय साक्षरताको बारेमा सहभागिलाई जनाकारी गराएकिथिइन्

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका कृष्णपुर नगरपालिकामा रहेका ९४ केन्द्रमध्ये प्रथम हुने केन्द्र  मेरो सफल केन्द्र केन्द्र नं. ११, द्धितीय मेरो सयपत्री के केन्द्र नं. १५, तृतीयमा मेरो प्रगती महिला केन्द्र केन्द्र नं. , सान्तवना हुने मेरो भगवती महिला केन्द्र केन्द्र नं. २९ लाई नगद तथा प्रमाणपत्र सहित प्रमुख अथितीले सम्मान गरेका थिए कार्यक्रमका सभापति कृष्णपुर शाखा कार्यालयका कार्यालय प्रमुख शुसिल श्रेष्ठका अनुसार एक हजार तीन सय ९० सदस्यहरुलाई बचत तथा सामुहिक दायित्वमा विना धितो कर्जा सुविधा प्रदान गर्दै शाखाले प्राकृतिक प्रकोपमा परेका ७८ सदस्यलाई एक लाख ७८ हजार, शिशु सुत्केरी स्याहार खर्च बापत ३८ सदस्यलाई रु ७६ हजार, सहयोग गरिएको बताए त्यसैगरी दुर्घटना उपचार खर्च बापत १३ जना सदस्यलाई २५ हजार ३०, सदस्य तथा सदस्यको श्रीमानको मृत्यु काजक्रिया खर्च बापत १८ जनाको घरपरिवारलाई रु एक लाख ८० हजार, केन्द्र संचार खर्र्च बापत ३७ हजार एक सय गरी जम्मा रु चार लाख, ८६ हजार एक सय ३० रुपैंया सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको उनले बताए मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  देशभरमा एक सय ४९ शाखाबाट सेवा दिइरहेको