धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

होलीलाई मर्यादित बनाउन प्रसासनको आग्रह

उच्छृङ्खल गतिबिधि गरे कारवाही गर्ने चेतावनी

होलीलाई मर्यादित बनाउन प्रसासनको आग्रह

धनगढी आइतबार पहाडी तथा हिमाली जिल्लामा सुरु भएको होली पर्व सोमबार तराईमा मनाइदैछ

रंगको पर्वका रुपमा चिनिने होलीलाई ¥यादित बनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला वासीलाई आग्रह गरेको

कैलालीमा यस बर्षको होली -फागु पूर्णिमा_लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको जिल्ला प्रशासन कैलालीले एक सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा अवाञ्छित क्रियाकलापहरु नगर्न मर्यादित रुपमा होली खेल्न अनुरोध गरेको हो

गत सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको , ‘होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गर्दछौं, यदी त्यसो गरेको उजुरी आए कारवाही हुने होली मनाउने नाममा रीतिरिवाज परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगरी साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनुपर्ने प्रशासनले आग्रह गरेको

प्रशासनले कसैको इच्छाविपरीत रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट सकम असुल्ने, लोला हान्ने, मादक तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अरुलाई जिस्काउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरु नगर्न सूचनामार्फत सचेत गराएको

चैत ११ गते पहाडी होली १२ गते तराईका लागि परेको रङ्गहरुको साँस्कृतिक पर्व फागु पूर्णिमाको अवसरमा उक्त साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनु हुन कोही कसैलाई इच्छा विपरित रङ्ग, लोला पानी छ्याप्ने तथा सार्वजनिक स्थलहरुमा होहल्ला नगर्न÷नगराउनु हुन समेत सबैमा हार्दिक अनुरोध गरिन्छ

सहायक प्रजिअ जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको , ‘यस सूचनाको बर्खिलाप हुनेगरी कानून विपरितका गतिविधिहरु कोही कसैबाट भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ

चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रङ्ग लगाउने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, लोला हान्ने पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने, अरुलाई जिस्क्याउने, सार्वजनिक स्थानहरुमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा -डिजे_ बजाउने तथा अरुलाई अप्ठेरो पर्ने खालका कुनै पनि गतिविधि गरेको पाइए कारबाही हुने प्रशासनको चेतावनी ट्राफिक प्रहरीले होलीमा हुन सक्ने अवान्छित गतिबिधिलाई रोक्न ठाउँठाउँमा चेकजाँचलाई बढाएको