धनगढी पोष्ट
मङ्गलबार, १३ चैत २०८० मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतको मुम्बई शहरबाट सम्पर्क विहिन भएकी छन् ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्क विहिन भएकी हुन् । उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न मुम्बईको गोवामा बस्दै आएकी थिइन् । तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको छ । नगर प्रमुख हमालले गोवा वा सो आसपास बस्ने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीलाई छोरीको खोजिमा सहयोग गरिदिन अपिल गरेका छन् ।
साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न मंगलबार रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन् ।