धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

जानकीका उपाध्यक्षले १ लाख बुझेको बिबरण  महालेखाले सच्यायो

जानकीका उपाध्यक्षले १ लाख बुझेको बिबरण  महालेखाले सच्यायो

धनगढी

 नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे बापत कैलालीको जानकी गाउँपालिकाका उपाध्यक्षले १ लाख पारिश्रमिक लिएको भनि महालेखा परीक्षकको कार्यालयले आफ्नो बार्षिक प्रतिवेदनमा उल्लेख भएकोमा गल्ति भएको जनाउँदै सच्याएको छ ।

 महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्र प्रसाद पौडेलले भुलबश कैलालीको जानकी गाउँपालिकाको नाम पर्न गएकोमा सच्याइएको ब्यहोराको पत्र गाउँपालिकालाई दिएका छन् । महालेखाको प्रतिवेदनमा गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे बाफत उपाध्यक्ष उमा महतौंले १ लाख पारिश्रमिक बुझेको सो बिषय नियम संगत नभएको उल्लेख थियो ।

 सो बिषय अन्य कुनै जिल्लाको अरु नै गाउँपालिकाको नाम हुनुपर्नेमा जानकी गाउँपालिकाको नाम भुलबश परेको पत्रमा लेखिएको छ । तर त्यो जिल्ला र गाउँपालिकाको नाम भने महालेखाको पत्रमा खुलाइएको छैन् ।