धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

आगोमा जलेर महिलाको मृत्यु

आगोमा जलेर  महिलाको मृत्यु

धनगढी डोटीमा आगोले जलेर एक महिलाको मृत्यु भएको शिखर नगरपालिका सेलबुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारीको मृत्यु भएको हो

२०/२५ जनाको समूहमा पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्न गएकी उनी बिहीवार अपराह्न करिब बजेतिर वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्

उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएकोमा निसर्ग अस्पतालले शुक्रबार बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले बताए