धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

दार्चुलाका ६ दाजुभाई रुसि सेनमा सम्पर्क नहुँदा सोकमा डुब्छ गाउँ

दार्चुलाका ६ दाजुभाई रुसि सेनमा सम्पर्क नहुँदा सोकमा डुब्छ गाउँ

धनगढी दार्चुलाको महाकाली नगरपालिका को काँटे झुस्कु गाउँबाट एउटै परिवारका जना दाजुभाई रुसी सेनामा छन्

गाउँका डोबाल खलकका दाजुभाइ संगठित मानव तस्करको प्रलोभनमा परेर रुसी सेनामा भर्ती भएका थिए तीमध्ये जना महेन्द्रसिंह डोबाल युद्धमा घाइते भई बल्लतल्ल नेपाल फर्किए पनि अन्य को अवस्थाले परिवारलाई हरदिन सताइरहेको एक वर्षअघि नविन्द्रसिंह डोबाल दाजुभाइसँगै वैदेशिक रोजगारीमा जान भनेर काठमाडौं पुगेका थिए

राम्रो काममा पठाइदिने आश्वासन पाएपछि उनीहरूले प्रतिव्यक्ति लाख रुपैयाँका दरले नगद बुझाए तर, दलाल पैसा लिएर फरार भएपछि उनीहरू समस्यामा परे गाउँबाट ऋण काढेर बुझाएको पैसा लिएर दलाल भागेपछि पश्चिमी सीमान्त जिल्ला दार्चुलाबाट विदेश जान काठमाडौंमा पर्खिरहेका उनीहरूलाई सकस भयो यही समस्यामा फसिरहेका बेला उनीहरूले सुने युक्रेनसँग लड्न रुसी सेनामा भर्ना खुलेको भर्ती हुन सके राम्रो कमाइ हुने कुरा अनि बनाए, उतै जाने योजना

यसरी एकै खलकका २२ वर्षीय राजेन्द्रसिंह डोबाल, दीपकसिंह डोबाल, विशालसिंह डोबाल, ललितसिंह डोबाल, महेन्द्रसिंह डोबाल २३ वर्षीय नविन्द्रसिंह डोबाल महिनाअघि दलाललाई जनही १२ लाख रुपैयाँ बुझाएर रुसी सेनामा भर्ना हुन पुगेका थिए महेन्द्रसिंह घाइते भएर जसोतसो स्वदेश फर्के पनि राजेन्द्रसिंह ललितसिंह भने सम्पर्कमै छैनन् दीपक, विशाल नविन्द्र बेलाबखत परिवारको सम्पर्कमा आउँछन् अनि हप्तौं हराउँछन् परिवारका सदस्यहरूका अनुसार राजेन्द्रसिंह ललितसिंहको अवस्थाबारे अत्तोपत्तो नभएको कैयन् साता बितिसक्यो

नविन्द्रसिंहकी दिदी तुलसी कुँवरका अनुसार एकै परिवारका जना विदेश जाने चक्करमा दलालबाट फसेका थिए विदेश पठाइदिने भन्दै एक जनाबाट लाख रुपैयाँका दरले पैसा उठाएर दलाल फरार भएपछि उनीहरू समस्यामा परेका थिए ब्याजमा निकालेको ऋण तिर्न नसक्ने अवस्थामा भौतारिरहेका बेला उनीहरू काठमाडौंमै भेटिएका अर्का दलाललाई १२ लाख रुपैयाँका दरले बुझाएर रुस उडेको उनले बताइन्

एकै परिवारका दाइभाइ, अंकल युद्ध लड्न जाँदा अहिले गाउँ नै आत्तिएको उहाँहरूभन्दा अगाडि गएका भिनाजु कुन्दनसिंह नगालको महिनाअगाडि रुस युक्रेनको युद्धमा मृत्यु भयो, उनले भनिन्, ‘ हामी त्यसपछि झन् आत्तिएका छौं, ‘एकातिर ब्याज तिर्नसमेत नसकेर साहुको तनाव, अर्कोतिर आशा भरोसा बोकेर गएका घरका सबै खम्बा अर्काको ठाउँमा छन्, कुन बेला के हुन्छ भन्ने तनावले रातदिन सताएको

तुलसीले हतियार युद्ध लड्नेबारे कुनै अनुभव नभएकालाई दलालले पैसा धेरै कमाउन सकिन्छ भनेर ललाइफकाइ पठाएको बताइन् उनका अनुसार युद्धमा घाइते भएका महेन्द्रसिंहलाई उता पठाउने दलालले नै घर फर्काइदिएको हो रुसमा पुगेपछि उनीहरू एक महिनासम्म युद्ध लड्ने हतियार चलाउने तालिम गरेर युद्धभूमिमा पुगेका थिए त्यहाँको अवस्था थाहा पाइसकेपछि गत माघमा परिवारका तर्फबाट हामीले सरकारका विभिन्न निकायमा निवेदन दियौं अहिलेसम्म धाइरहेकै छौं, उनले भनिन्, ‘उनीहरूलाई नेपाल फर्काउनका लागि, सम्पर्क विहीनहरूको अवस्था पत्ता लगाउनका लागि कसैले चासो दिँदैनन्

डोबाल खलकका परिवारजनकै जस्तो छटपटी अत्यास सुदूरपश्चिम प्रदेशका कैयन् परिवारमा अछाम साँफेबगर नगरपालिका भाग्यश्वरका रावल परिवारमा पनि यस्तै छटपटी अत्यास १७ वर्ष नेपाली सेनामा जागिर गरेका ४९ वर्षीय विक्रम रावल तीन वर्षयता दुबईको एक सेक्युरिटी कम्पनीमा काम गरिरहेका थिए दुबईको कमाइले घरपरिवार चलाउने खर्च धानिरहेका बेला उनले साथीभाइबाट रुसी सेनामा भर्ती हुन सके मनग्गे कमाउने सुने

यही प्रलोभनमा परेर गत असोज २८ मा उनी साथीहरूसँग सरसापट गरेर दुबईबाटै लाख खर्च गरेर रुस पुगे अनि बल्ल श्रीमती परिवारका सदस्यलाई थाहा दिएका थिए, रुसी सेनामा भर्ती भएको कुरा

दुबईमा काम गर्न गएका श्रीमान् रुस पुगेको थाहा पाएपछि श्रीमती लता बोगटी अचम्ममा परिन् सुरुमा होइन होला भन्ने सोचेकी लताले जब श्रीमान्ले रुस पुगेको प्रमाण स्वरूप तस्बिरहरू पठाउन थाले, त्यसपछि मात्रै विश्वास गरिन्मलाई नभनेरै उहाँ रुस पुग्नुभयो साथीहरूको लहैलहैमा लागेर नै जानुभएको हो, रुस पुगेपछि मात्रै लाख खर्च गरेर आएँ भन्नुभएको थियो, उनले भनिन्, ‘दुबईमा पनि राम्रो कमाइ थिएन, ऋण पनि धेरै ,युद्धमा जाँदा राम्रो कमाइ हुन्छ भन्ने प्रलोभनमा परेर उहाँ रुस पुग्नुभयो अहिले ज्यान नै खतरामा

लताका अनुसार रुस पुगेलगत्तै श्रीमान् सेनामा भर्ती भएर लडाइँमा खटिसकेका थिए हिजोआज विक्रम एकाध साताको अन्तरमा मात्रै सम्पर्कमा आउने गरेको उनले बताइन् साता, दुई सातामा बल्लतल्ल सम्पर्कमा आउनुहुन्छ, अहिले एक हप्ता भयो, कहाँ, कुन अवस्था हुनुहुन्छ भन्ने कुनै जानकारी छैन, उनले भनिन्, ‘१२ वर्षको छोराले बाबा खोज्छ, हरेक पल मरेर बाँचिरहेकी छु, कुन बेला के खबर सुनिन्छ भनेर सोच्दासोच्दै, रुँदारुँदै समय बित्ने गरेको

कञ्चनपुरको बेलौरी नगरपालिका को गिरी परिवारको हालत पनि उस्तै ३० वर्षीय भेषराज गिरी महिनाअगाडि दुबईबाट रुस पुगेका थिए सशस्त्र प्रहरीमा वर्ष, दुबई पुलिसमा वर्षसम्म जागिर खाएका भेषराज साढे लाख खर्च गरेर रुस पुगेर सेनामा भर्ती भएका थिए

परिवारसँग नियमित सम्पर्कमा रहे पनि हरेक दिन रुसबाट आउने दुःखद् खबरहरूले परिवारको मन आत्तिरहन्छ भेषराजकी श्रीमती सपनानाथले श्रीमान् एक वर्षको सम्झौता गरेर गएका अब तीन महिनापछि सम्झौता सकिने बताइन् सम्झौता सकिएपछि आउन पाउनुहुन्छ कि भन्ने आसमा बसेका छौं, उनले भनिन्, ‘युद्धग्रस्त देशमा गएदेखि परिवारमा तनावैतनाव

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये ३२ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको मृतक घाइते भई फर्केकाहरूको कुरा पत्याउने हो भने त्यहाँ सयौंको संख्यामा नेपालीहरूको हताहती भएको हुन सक्ने देखिन्छ परराष्ट्र मन्त्रालयले अघिल्लो महिनासम्म १७ हालै थप १५ जना नेपालीको मृत्युको पुष्टि गरेको रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्रले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्दैन

रुसी सेनामा भर्ना भएकामध्ये कम्तीमा ९६ नेपाली परिवारको सम्पर्कमा छैनन् रुसी सेनामा भर्ती भएकाहरूका झन्डै साढे चार सय हाराहारी परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका छन् ।रुसी सेनामा रहेका नेपालीका अनुसार कम्तीमा सय नेपालीलाई रुसयुक्रेन बोर्डरमा खटाइएको