धनगढी पोष्ट
शनिबार, १७ चैत २०८० मा प्रकाशित
धनगढी । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश सहइन्चार्जका नियुक्तिको बिरोध गर्दै प्रदेशका सिनियर केन्द्रिय सदस्यहरुले बिरोध गरेपछि प्रदेश कमिटीको बैठक बस्न सकेन । दुई दिनको तयारीपछि शनिबार बसेको बैठक अधिकांश सदस्यहरुको अनुपस्थिति र उपस्थित भएकाहरुले पनि बिरोध गरेपछि बैठक अघि नसकेको हो ।
बैठक शुरु भएपछि सदस्यहरुले सिनियर नेताहरुलाई बाहिर राखेर बैठक संगठन अघि बढ्न नसक्ने भन्दै कुरा राखेका थिए । सदस्यहरुले बिरोध गरेपछि थप छलफल गर्ने भन्दै बैठक रोकिएको थियो ।
सुदुरपश्चिमको सहइन्चार्जका बिना मगरलाई जिम्मेवारी दिएकोमा माओवादीका नेताहरुले बिरोध गर्दै आइरहेका छन् । जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडुवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् ।
शनिबारको बैठक पाच सिनियर केन्द्रिय सदस्य सहितका नेताहरुले बहिष्कार गरेका थिए । बैठकमा सहभागीहरुले नियुत्तिःको निर्णयको बिरोध गरेका थिए ।
फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहईन्चार्जमा बिना मगरलाई जिम्मेवारी तोकिएको थियो ।
केन्द्रिय सदस्य हरि ज्ञवालीले सुदूरपश्चिम प्रदेशको सङ्गठन सम्बन्धी गरिएको निर्णय अवैज्ञानिक भएको आफुहले बिरोध गरेको बताए । प्रदेश इन्चार्जसँग सहइन्चार्जको निर्णय सच्याएपछि मात्र बैठकमा सहभागी हुने बताइसकेको भन्दै ज्ञवालीले निर्णय नसचिएकाले बैठकमा सहभागी नभएको बताए । ‘हामी बैटकमा गएनौ, तर गएका साथीहरुले पनि निर्णयको बिरोध गर्नु भयो ’ उनले भने
चैत १५ र १६ गते भइक तयारी बैठकमा पनि माओवादीको सिनियर केन्द्रिय सदस्यरुले बिरोध गरेका थिए ।