धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सम्मानजनक हैसियत नपाए नयाँ तरिकाले सोच्नेछौं : सोडारी

सम्मानजनक हैसियत नपाए नयाँ तरिकाले सोच्नेछौं : सोडारी

धनगढी नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दिर्घ सोडारीले गठबन्धनमा रहेका सवै दलले सम्मानजनक हैसियत पाउनुपर्ने बताएका छन् नेता सोडारीले नयाँ गठबन्धनमा आफ्नो दलको सम्मानजनक हैसियत नस्वीकार्न अवस्था देखिएको भन्दै त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिएका छन्

नयाँ गठबन्धनमा छलफल चलिरहेको , उनले भने, ‘तर हाम्रो सम्मानजनक अवस्था स्वीकार्ने संकेत देखिँदैन, त्यसैले हामी चाँडै नयाँ निर्णयमा पुग्दैछौं सोडारीले आफूहरू जसलाई सहयोग गर्न पनि स्वतन्त्र रहेको बताए उनले भने, ‘मुख्यमन्त्री कमल शाह अहिलेसम्म विश्वासको मतका लागि प्रदेशसभामा जानुभएको छैन । विश्वासको मतका बेला हाम्रो सहयोग रहन सक्छ

यता मुख्यमन्त्री कमल शाहले पनि एकीकृत समाजवादीसँग पनि सकारात्मक छलफल भइरहेको बताए उनले भने, ‘हामी विश्वासको मत पाउँछौं दिनभित्र विश्वासको मत लिन्छौं नेपाली कांग्रेस, नाउपा एकीकृत समाजवादी एक ठाउँमा भए कमल शाह नेतृत्वको सरकारले सहजै विश्वासको मत पाउने कांग्रेसका १८, नाउपाका एकीकृत समाजवादीका जना प्रदेशसभा सदस्य रहेका छन्

नयाँ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने आज नै प्रदेश संसदीय दलको बैठकबाट नयाँ समीकरण अनुसार सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नयाँ समीकरणअनुसार सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको हो

नेता धामीले संघमा बनेको नयाँ समीकरणअनुसार सरकार निर्माण गर्ने निर्णय गरेको जानकारी दिए शाहले २२ चैतभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नाउपाका सातमध्ये पाँच जनालाई मन्त्री बनाएका छन्, तर नाउपाको आन्तरिक किचलोका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्न सकेका छैनन् । कांग्रेसका १८ नाउपाका गरेर शाहको पक्षमा २५ जना छन् राप्रपाकी खेमादेवी विष्ट स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुर्याउने पक्षमा छन्