धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नाउपा संघिय गठबन्धनकै मर्म अनुसार आउँछ भन्नेमा आशाबादी छौं : पोख्रेल

नाउपा संघिय गठबन्धनकै मर्म अनुसार आउँछ भन्नेमा आशाबादी छौं : पोख्रेल

धनगढी नेकपा माओबादी केन्द्रका केन्द्रिय उप महासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लिलामणि पोख्रेलले नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा वर्तमान गठबन्धन दललाईनै सघाउने विश्वास व्यक्त गरेका छन्

नेकपा माआबादी केन्द्रको सम्पन्न प्रदेश कमिटि बैठकबारेमा जानकारी दिन आइतबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इन्चार्ज पोख्रेलले भने, ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रमा  वर्तमान गठबन्धन संगै रहेका कारण प्रदेशमा अलग जान्छ भन्ने हामीलाई लागेको छैन, अहिले जेजस्ता घटनाक्रम भएपनि अन्ततः सुदूरपश्चिम प्रदेशमा वर्तमान गठबन्धन दलकै सहमति अनुसार सरकार बन्ने भन्नेमा हामी ढुक्क छौं

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी स्वदेश आइसकेका कारण उनिसंग थप छलफल हुन सक्ने उनले बताए उनले केन्द्रिय गठबन्धनको निर्णय अनुसार मध्य तीन प्रदेशमा नेकपा एमाले, दुई प्रदेशमा नेकपा माओबादी केन्द्र, एक प्रदेशमा जसपाले नेतृत्व गर्ने सहमति भएपनि एउटा प्रदेशमा कस्ले नेतृत्वगर्ने भन्ने कुराको टुङ्गो लाग्न नसकेको बताए एउटा प्रदेशमा नेकपा एकिकृत समाजबादी पार्टी नागरिक उन्मुक्ति पार्टीले आफ्नो दावि गरेका कारण सो विषयमा थप छलफलल गर्न बाँकी रहेको उनले बताए

प्रदेश इन्चार्ज पोख्रेलले सुदूरपश्चिम प्रदेशमा नेकपा माओबादी केन्द्रमा सहइन्चार्जका विषयमा विवाद रहेको भन्ने समाचार आएको भन्दै सो विषय पार्टीको आन्तरिक समस्या भएका कारण ठुलो बनाउन आवश्यक नरहेको बताए

उनले असन्तुष्ट रहेका व्यक्ति पार्टीमा लामो समय देखि काम गरेका व्यक्ति भएका कारण उनिहरुले पार्टीको मर्मलाई बुझ्ने आशा राखेको सोही अनुसार mफल पनि भइरहेको बताए