धनगढी पोष्ट
आइतबार, १८ चैत २०८० मा प्रकाशित
धनगढी । कैलालीको भजनी नगरपालिकामा विदेश मामिला मन्त्रालय जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडि)को साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखीम न्यूनीकरण परियोजना -सिबिडिआरआर_ अन्तर्गत भजनी नगरपालिकामा निर्माण गरिएको आपतकालिन कार्यसंचालन केन्द्रको भवन भजनी नगरपालिकाको सम्पूर्ण स्वामित्व, सेवा उपभोग, व्यवस्थापनमा पुर्ण अधिकार एवं स्वामित्व दायित्वमा प्रत्यक्ष अनुगमनमा रहने गरि हस्तान्तरण गरिएको छ ।
भवननिर्माणमा रु २१ लाख ३२ हजार ६ सय ५५ रुपैंया लागथत लागेको सिएसएसडीका परियोजना संयोजक भरत वि.क. ले बताए । भवन उद्घाटन सिएसएसडीका कार्यबाहक अध्यक्ष मिना ओझा र भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले गरेका थिए । भवन हस्तान्तरण संगै परियउोजनाले आपतकालिन कार्यसंचालन केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि ६ लाख ५६ हजार तीन सय २८ रुपैयां बराबरको सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ ।
सिएसएसडीका कार्यवाहक अध्यक्ष मिना ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी प्रमुख अतिथी रहेका थिए । त्यसैगरी वल्र्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम फिल्ड कार्यालय धनगढी कैलालीका अपरेशन म्यानेजर चेतराज भट्टराई र भजनीका निमित्त प्रमुख प्रशासकिय अधिकृत कैलाश चौधरी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रम संचालन सिएसएसडीका परियोजना संयोजक भरत वि.क. ले गरेका थिए । कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको तर्फबाट समुदायमा आधारित विपद् जोखीम न्यूनीकरण परियोजनाका परियोजना विज्ञ कृष्ण तिवारी र भौतिक निर्माण संयोजक डम्बरु जोशी ज्यूको सहभागिता रहेको थियो ।
सोही क्रममा संस्थाले चार वटा साना तहका अल्पिकरण योजनाहरु पनि समुदायलाई हस्तान्तरण गरेको छ । भजनी नगरपालिका अन्तर्गत ७ सिराधानी, वडा नं ५ सिराधानी मिलन बस्ती टोल, टिकापुर नगरपालिका वडा नं ९ सानो झुंगा सुकुम्बासी टोल र वडा नं ७ बैदी टोलमा निर्माण भएको योजनाहरु सो कार्यक्रमका अवसरमा हस्तान्तरण गरिएका थिए । ४ वटा अल्पिकरणका कार्यहरुको लागत २९ लाख ३९ हजार पाँच सय ५६ रुपैंया रहेको छ । ती कार्यक्रममा परियोजना संगै समुदायको पनि योगदान रहेको छ ।