धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
नागरिक उन्मुक्ति पार्टीमा चरम विवाद

रेशम पक्षले बोलायो छुट्टै केन्द्रीय समिति बैठक

रेशम पक्षले बोलायो छुट्टै केन्द्रीय समिति बैठक

धनगढी नागरिक उन्मुक्रि पार्टी भित्रका विवाद उत्कर्षमा पुगेको

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिजा श्रेष्ठ उनका श्रीमान तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी विच भएको विवादका कारण सो पार्टीमा फुटको संघारमा पुगेको कतिपयको विष्लेषण

सोमबार दिउँसो रञ्जिताले बोलाएको बैठकमा रेशम चौधरी पक्षले हातपात गरेको आरोप लागेको थियो भने संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी सदस्यको छुट्टै बैठक नै बोलाएको २७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय समितिलाई नै निरन्तरता दिएको तर पहिलो महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाएका हुन्

नाउपाको पार्टी कार्यालय काठमाडौँमा २३ २४ गते बस्ने बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी केन्द्रीय सदस्यलाई महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै उपस्थितिका लागि अनुरोध गरिएको नाउपामा संरक्षक रेशम अध्यक्ष रञ्जिताबीच विवाद चलिरहेका बेला महासचिव चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यको बैठक बोलाएका हुन् जबकी उक्त कार्य समितिलाई निर्वाचन आयोगले यसअघि नै अवैध ठहर गरिसकेको

केन्द्रिय सदस्य माथी कुटपिट

नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको सोमबार बोलाइएको नाउपाको केन्द्रिय पदाधिकारी बैठकमा केन्द्रिय सदस्य बाहेकका नेताहरुपनि उपस्थित भएर हातपात गरेको उन्मुक्तिका नेताको भनाई नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएको बताए ।रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटार नजान गए ज्यान मार्ने भनेर धम्की दिएको बिकले बताए

उहाँ -रेशम_ ले हिजो पनि हामीलाई फोन गरेर प्रधानमन्त्रीलाई वालुवाटार भेट्नु नजानू, यदि गयौ कमल शाहको सरकार तलमाथि भयो भने तिमीहरूको हत्या हुन सक्छ भनेर धम्क्याउनुभयो, उनले भने, ‘तर हामीले त्यसलाई गम्भीर रुपमा लिएनौं, आज केन्द्रीय कार्यालयमा मिटिङ चल्दै गर्दा बाहिरबाट चुकुल लगाएर हामीमाथि आक्रमण भयो

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा नेताहरुबीच हात हालाहाल भएको थियो आइतबार ज्यान मार्ने धम्की दिएको सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए सोमबार बोलाइएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए त्यसक्रममा संस्थापक केन्द्रीय सदस्यको मात्र बैठक बस्ने वा रेशम चौधरीहरुलाई पनि सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो

सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन्

गत पुसमा कैलालीमा भएको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन त्यसैले हाल नाउपामा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी आधिकारिक अध्यक्ष छिन् पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भने केन्द्रीय समितिको बैठकमा बाहिरको मान्छे प्रवेश नपाउनुपर्ने तर बैठकमा आएर कुटपिट गर्नु गम्भीर भएको बताइन्

उनले भनिन्, ‘ नाउपाको बैठक मैले बोलाएकी हुँ। त्यहाँ केन्द्रीय पदाधिकारी मात्रै आउनुपर्ने हो। तर बाहिरको मान्छे आएर कुटपिट ¥यो भन्ने सुनेँ किनकी यो कुरा थाहा पाएपछि आइपुगेकी थिएँ रेशम चौधरीले पार्टीका नेताहरूलाई ज्यान मार्ने धम्की दिएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस विषयमा मैले के भन्नू, केही भन्नै मिल्दैन

यता, पार्टीका संस्थापक नेता रेशम चौधरीले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बरू पार्टीको विवाद पार्टी कार्यालयमै मिलाउन आग्रह गरेको बताए बैठकमा संस्थापक सबैलाई समेटेर लैजाने कुरामा बहस भइरहेको थियो त्यहीबीचमा साथीहरूले वालुवाटार जान्छौं प्रधानमन्त्रीलाई भेट्न भन्नुभयो, उनले भने, ‘मैले वालुवाटार नजान आग्रह गरेँ तर उहाँहरूले जिद्दी नै गर्नुभयो त्यसपछि मैले त्यता गए बरू माओवादी पार्टीमै प्रवेश गरे भैगयो नि भनेँ

उनले आफूले बैठकमा केही गलत शब्द बोलेको भने स्वीकार थरे मैले आग्रह गर्दा साथीहरू उग्र भएर आउनुभयो त्यसपछि मैले पनि केही कडा भएर बोलेँ, तर गलत शब्द बोलेको भए फिर्ता लिन्छु पनि भनेकै हुँ आफूहरू सुदूरपश्चिममा कमल शाह नेतृत्वको सरकारमा सहभागी भइसकेकाले अब समर्थन फिर्ता लिन नहुने उनको भनाइ