धनगढी पोष्ट
मङ्गलबार, २० चैत २०८० मा प्रकाशित
धनगढी । ६७औं सहकारी दिवसको अवसरमा धनगढीमा प्रभातफेरीको आयोजना गरिएको छ ।
सहकारी रजिष्ट्रर तथा प्रशक्षिण कार्यालय धनगढी र जिल्ला बचत तथा ऋण सहकारी संघ कैलालीको संयुक्त आयोजनामा प्रभात फेरी ¥याली निकालिएको हो । धनगढी चटकपुर स्थित शहिदगेटबाट सुरु भएको ¥याली भूमी व्यवस्ता, कृषि तथा सहकारी मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सहकारीको गुणस्तर सुधारर्न आवश्यक भएको बताए ।
सुदूरपश्चिका सहकारीमा समस्या हाल सम्म देखा नेपरेको बताउँदै मन्त्री चौधरीले देशका अन्य भगामा सहकारीमा आएको समस्याबाट पाठ सिक्दै सुदूरपश्चिमका सहकारीहरु अझै गरणस्तरिय सेवा प्रवाहमा अझै अव्वल बन्नु आवश्यक रहेको बताए । सहकारीहरुले आफुलाई रोजगारी सिर्जनाका काममा जोड्दै लैजानुपर्नेमा मन्त्री चौधरीले जोड दिए ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन धामी, सहकारी रजिष्ट्रार टेक बहादुर थापा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक शिवा थापा, नेफस्कुनका सञ्चालक दिप्ति शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन संगम सहकारी संस्था लिमिटेडका अध्यक्ष मनमोहन विष्टले गरेका थिए ।