धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कृषि राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउने निर्णय

कृषि राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउने निर्णय

धनगढी नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन्

उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्

तर नागरिक उन्मुक्ति पार्टीका मध्ये सांसद प्रदेश सरकारमा छन् गिरी कृषि राज्यमन्त्री छन् श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गरेकी छैनन् उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् नाउपाका प्रदेश सांसदमध्ये गिरी टीका थापा मात्र समानुपातिक हुन्