शाह नेतृत्वकै सरकारलाई विश्वासको मत दिन भन्दै रञ्चिता बिरुद्ध नागरिक उन्मुक्तिकै काउण्टर ह्वीप

शाह नेतृत्वकै सरकारलाई विश्वासको मत दिन भन्दै रञ्चिता बिरुद्ध नागरिक उन्मुक्तिकै काउण्टर ह्वीप

धनगढी बुधबार बिहान नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत नदिन भन्दै ह्वीप जारी गरेपछि सोही पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले अध्यक्ष बिरुद्ध कायण्टर ह्वीप जारी गरेका छन्

अध्यक्ष रन्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका कमल बहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप लगाएकी छन् भने सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हु्न

अध्यक्ष श्रेष्ठले जारी गरेको ह्वीपमा प्रदेश संसदीय दलको विधान केन्द्रिय कमिटिबाट पारित नभएका कारण महत्वपूण निर्णयमा केन्द्रले प्रदेश संसदीय दललाई ह्वीप लगाउन सक्ने अधिकार रहेको उल्लेख गरिएको विधान नभएका कारण केन्द्रिय कमिटिले गरेको निर्णय प्रदेशले मान्नुपर्ने प्रावधानमा टेकेर अध्यक्ष श्रेष्ठले ह्वीप जारि गरेकिछन्

तर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौंराले भने मुख्यमन्त्री शाहले लग्ने विश्वासको मतको पक्षमा मतदान गर्न सो दलका सवै प्रदेश सभा सदस्यलाई अनिवार्य उपस्थिती हुन भन्दै अर्को ह्वीप जारी गरेका छन् उनले राजनीतिक दल सम्बन्धी ऐन २०७३को दफा २८ लाई टेकेर अनिवार्य उपस्थितीको ह्वीप जारी गरेका छन्